७ वैशाख २०८१ शुक्रबार
प्रवास

युएई ‘दुई थोपा हाँसो’

युएई – सिस्नुपानी  नेपालले एनआरएनए युएईको समन्वय युएईमा कार्यरत नेपालीहरुलाई मनोरन्जनात्मक  शैलीबाट जनचेतना दिलाउँदै आएको कार्यक्रम "दुई थोपा हाँसो सम्पन्न"  भएको छ।

गत विहिबार देखी सोमबार सम्म युएईको अबुधाबी, अलऐन, सारझा, दुबई र फुजेरामा कार्यरत नेपालीहरु बस्ने क्याम्पमा पुगेर मनोरञ्जनात्मक  शैलीबाट निशुल्क जनचेतना कार्यक्रम गर्दै आएको थियो।

दुई थोपा हाँसो कार्यक्रमका लागि सिस्नुपानीका नेपालको तर्फकाट हांस्यकलाकार मनोज गजुरेल, कवि अर्जुन पराजुली, टंक आचार्य, वरिष्ठ चिकित्सक डा. रविन्द्र पाण्डे र हाँस्यकवि लक्ष्मण गाम्नागे  युएई आएका थिए।

देशको मुख्य अर्थतन्त्र धानेको रेमिटेन्स हुन्डीको कारण घट्दै गएको छ त्यसकारण हुण्डीबाट पैसा नपाठाउन व्यंग्यात्मक शैलिबाट हांस्यकलाकार मनोज गजुरेलले आग्रह गरेका थिए। उनले हुण्डी गर्ने र भिजिट भिषामा युएई ल्याई अलपत्र पार्ने दलाललाई कारबाही गर्नुपर्छ यस्ता दलालहरुमा मार्फत पैसा पठाए पनि भिजिटमा आए पनि ठगिने छ भन्दै व्यंग्य गर्दै  दर्शकलाई हँसाए।

व्यंग्य कवि अर्जुन पराजुली , व्यंग्यकार टंक आचार्य , वरिष्ठ चिकित्सक डा. रविन्द्र पाण्डे , हाँस्यकवि लक्ष्मण गाम्नागे लगायतले मजदुरसंग रोजगारीका क्रममा अपनाउनु पर्ने सावधानी , स्वस्थ रहन अपनाउनु पर्ने खानपान शैली , सुरक्षित जीवनका समय समयमा स्वास्थ्य परीक्षण लगाएतका कुराहरुमा ध्यान दिनुपर्ने बारेमा नेपालीहरुलाई जानकारी गराएका थिए।

‘युएईमा कार्यरत नेपालीहरुलाई कामको थकानलाई केही समय भएपनि बिर्साउन मनोरञ्जनका साथ साथै जनचेतना दिलाउन हामीले  सिस्नुपानी नेपाल संग समन्वय गरेर कार्यक्रम सम्पन्न गर्न सफल भएका छौ’, एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले नागरीक न्युजसंग भने, ‘पाचँ दिन सम्म हामीलाई साथ दिनु हुने सम्पुर्ण नेपालीहरु लगाए नेपाली दुताबास युएई  र सिस्नुपानी नेपाललाई बिषेश आभार प्रकट गर्दछु।

प्रकाशित: २३ माघ २०७४ ११:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App