coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राजधानीमा र्स्माट ट्राफिक पोस्ट

केशरमहल चोकमा राखिएको नयाँ पोष्टमा बसेर ड्युटी गर्दै ट्राफिक।

काठमाडौं- राजधानीका विभिन्न २० वटा प्रमुख चोकका पुराना पोस्ट हटाएर स्मार्ट ट्राफिक पोस्ट राखिएको छ। निजी–सार्वजनिक साझेदारीमा ट्राफिकको सुरक्षा र सहरी सुन्दरता वृद्धिका लागि पोस्ट प्रतिस्थापन गरी स्मार्ट पोस्ट राखेको बताइएको छ।

केशरमहल, लैनचौर, पुतलीसडक, कमलपोखरी, माइतीघर, बानेश्वरलगायत २० प्रमुख चोकमा स्मार्ट पोस्ट राखिसकिएको छ। गोलो आकारको पोस्ट स्टिलको, कपडा तथा पानी राख्ने बक्स र प्राथमिक स्वास्थ्य उपचार सामग्री राखिन्छ। यसअघि भने ती चोकमा सिमेन्टको फाउन्डेसन र टिनको छानोका ट्राफिक पोस्ट थिए।

निजी क्षेत्रको प्रिफेक नेपाल प्रालिले काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरी महाशाखा र सडक विभागको स्वीकृतिमा पोस्ट प्रतिस्थापन गरेको हो। 'हामीले सम्बन्धित निकायको स्वीकृति लिएर राजधानीको सौन्दर्य बढाउन र ट्राफिक पनि सुरक्षित हुन् भन्दै विदेशबाट पोस्ट ल्याएका हौं,' प्रिफेकका निर्देशक शैलेसराज कुँवरले भने, 'तीन दिनमा २० वटा राखिसक्यौं, अझै १० चोकमा पोस्ट राख्छौं।'

'धुलोरहीत हुनेगरी पोस्टमा सिसा पनि फिट गर्ने सहमति भएको छ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी प्रकाश अर्यालले भने, 'सिसा फिट भएपछि पोस्टले धुँवा धुलोबाट पनि बचाउनेछ।'

'निजी कम्पनीले महानगरसँगै सहकार्य गरेर पोस्ट राखेको हो,' महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने। ठाउँठाउँमा राखिएका विज्ञापनका साइनबोर्ड र होर्डिङबोर्डले दुघर्टना बढाएको र राजधानी कुरुप पारेको भन्दै हटाउने प्रयास गरे पनि असफल भएको महानगरले ट्राफिक पोस्टमा भने विज्ञापन राख्ने र राजस्व उठाउने योजना बनाएको छ। कम्पनीले पनि विज्ञापन राखेर नाफा कमाउने सोच बनाएरै पोस्ट राखिरहेको हो। कुँवरले बताएअनुसार पोस्टको मर्मत कम्पनीले नै गर्ने र विज्ञापन राख्नेछ।

डिआइजी अर्यालले भने, 'विज्ञापन बनाउनै परे सानो बनाउन भनेका छौं।' अर्यालका अनुसार अहिले राखिएजस्तो पोस्ट राख्ने र उज्यालोको व्यवस्था गरे पर्याप्त हुन्छ।

प्रकाशित: ७ असार २०७३ ०३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App