५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

भारत गुहार्दै माल्दिभ्सका पूर्व राष्ट्रपति

माले – माल्दिभ्समा विकसित पछिल्लो राजनीति घटनालाई सल्टाउन पूर्व राष्ट्रपति मोहम्मद नाशिदले भारतलाई गुहारेका छन्। 

सोमबार रातिदेखि माल्दिभ्समा लागेको संकटकाल तथा प्रधान न्यायाधीशलाई समातेर जेल हाल्ने कार्य निन्दनीय भन्दै पूर्व राष्ट्रपति नाशिदले मंगलबार ट्वीटरमार्फत माल्दिभ्सका जनताको हितलाई मध्यनजर गर्दै भारतले आफ्नो तर्फबाट प्रत्यक्ष प्रतिनिधित्व हुनेगरी माल्दिभ्सको समस्या समाधान गर्न आग्रह गरेका हुन्।

माल्दिभ्समा नजरबन्दमा रहेका न्यायाधीश तथा उच्चपदस्थ सुरक्षाकर्मीलाई रिहा गराउनको लागि भारतले आफ्नो भूमिका खेल्नुपर्नेमा उनले जोड दिएका छन्। 

अमेरिकी बैंकमा रहेको वर्तमान राष्ट्रपति अब्दुल्लाह यमिनको खाता बन्द गर्न समेत उनले अमेरिकी सरकारलाई आग्रह गरेका छन्। 

माल्दिभ्समा राष्ट्रपति यमिनले आफूविरुद्ध सर्वोच्च अदालतले फैसला सुनाएपछि न्यायाधीशलाई नियन्त्रणमा लिनुका साथै प्रहरी प्रमुखलाई बर्खास्त गरेर देशमा संकटकालको घोषणा गरेपछि श्रीलंकामा निर्वासनमा रहेका नाशिदले ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

माल्दिभ्समा १५ दिनको लागि संकटकालको घोषणा गरिएको छ। 

प्रकाशित: २३ माघ २०७४ १३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App