coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लोकमार्गमा गाडी गुडाउन माग

मध्यपहाडी लोकमार्गको कुदु जगतिपुर खण्डमा धुलोका कारण  गाडी गुड्न नसकेपछि स्याउला विछाएर गाडी धकेल्दै स्थानीय । तस्बिर : नागरिक

जाजरकोट – पाँच वर्षअघि निर्माण भएको मध्यपहाडी लोकमार्गमा तत्काल गाडी गुडाउन माग गर्दै यहाँका स्थानीयले सरोकारवाला निकायसंग माग गरेका छन्। सरकारले निकै महत्व दिएर निर्माण गरेको  मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड पहिरो र खाल्डाखुल्डीले  काम नलाग्ने  भएर  काम नलाग्ने वन्दै गएपछि कुदुर जगतिपुरका स्थानीयले सडकको स्तर उन्नति गरेर  गाडी गुड्न मिल्ने गराउन माग गरेका हुन्।  जिल्ला समन्वय समिति र प्रदेशसभाका सांसदमार्फत उनीहरुले जाजरकोटमा निर्माण भएको ९२ किलोमिटर सडकमा तत्काल  गाडी गुडाउन माग गरेका हुन्। 

सडक बनेर पुरै विग्रिसकेको र सडक विभाग, स्थानीय सरकार र निर्माण व्यवसायीले कुनै वास्ता नगरेपछि आफूहरुले जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल र प्रदेश सभाका सांसद कृष्णा शाहमार्फत  सरोकारवालाको  ध्यानाकर्षण गराएको स्थानीय  इमास्वर देवकोटाले बताए। करोडौं रकम खर्च गरेर सडक बनाउने र गुणस्तर कायम नगर्ने  अनि जनताले दुःख पाइरहने गरेको देवकोटाले बताए।

सडकको अवस्था निकै नाजुक बनेको तर  सरोकारवाला निकायले  कुनै  ध्यान नदिएको  उनीहरुको गुनासो छ।  निर्माण जिम्मा लिएको ठेकेदारलाइ ताकेता गर्न र सडकको स्तरोन्नति गरी गाडी सरर गुड्ने बनाउन आफूहरुले सरोकारवालाहरुसंग माग गरेको उनले बताए। लिखित ज्ञापन पत्र दिएर  भेरी नगरपालिकाको कुदुदेखि शिवालय गाउँपालिकाको सुयडा सम्मको सडकमा तत्काल गाडी गुड्ने व्यवस्था गर्न आफूहरुले माग गरेको स्थानीयवासी बताउँछन्। 

रुकुमको चौरजहारी पार गरेपछि जाजरकोटको  कुदुदेखि  दैलेख र जाजरकोटको सिमाना सुयडा सम्म ९२ किलो मिटरको लम्बाइ रहेको उक्त सडक वर्षातको भेल र  पहिरोका कारण जोखिमपूर्ण र विनाकामको बन्दै गएको स्थानीयको गुनासो छ।

यसबारे मध्यपहाडी  लोकमार्ग आयोजनाका  कार्यालय दाङका  सिनियर डिभिजन  इन्जिनियर शुभराज न्यौपानेले लोकमार्गको जाजरकोट खण्डको सम्पूर्ण भागको स्तरोन्नति गर्ने काम लगत्तै सुरु हुन लागेको बताए। भेरी नगरपालिकाको कुदुदेखि छेडागाड नगरपालिकाको सुयडासम्मको ९२ किलो मिटर सडकको कालोपत्रे गर्ने, सडक चौडा गर्ने, पर्खाल लगाउने, नाली बनाउने  कामको  लागि  माघ महिना भित्र टेन्डर आह्वान हुन लागेको बताए।

सडकको कालोपत्रेका लागि  विस्तृत परियोजना प्रतिवेदन डिपीआरको रिपोर्ट आइसकेकोले अब टेन्डर आह्वान हुन लागेको उनले बताए। डिपीआरको प्रतिवेदन ढिलो आएका कारण सडकको स्तरोन्ततिको काम पनि ढिलो भएको उनले बताए। प्रतिकिलो मिटर ६ देखि  १० करोड सम्मको वजेट खर्च गर्नेगरी  ९२  किलो मिटर सडक  आगामी तीन वर्षभित्र  कालोपत्रे गरिसक्ने गरी आफूहरुले काम अघि बढाउन लागेको डिभिजन इन्जिनियर न्यौपानेले बताए।

प्रकाशित: २४ माघ २०७४ ०९:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App