६ वैशाख २०८१ बिहीबार
प्रवास

अमेरिकामा मे २६ र २७ मा बौद्धिक भेला हुँदै

अमेरिका–गैरआवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रको संयोजनमा आगामी मे महिनाको २६ र २७ तारिकमा अमेरिकाको टेक्सासमा बौद्धिक भेला आयोजना गरिने भएको छ।

सो भेलामा अमेरिकामा रहेका नेपाली मुलका वैज्ञानिकहरू डाक्टरहरू, सफल व्यवसायीहरू, अमेरिकाको राजनीतिमा संलग्न व्यक्तिहरू र अन्य विभिन्न क्षेत्रमा सफल भएका व्यक्तिहरूलाई संलग्न गराईने भेला आयोजक गैरआवायि नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक गौरीराज जोशीले बताए। भेलाको मुख्य उद्देश्यहरू अमेरिकामा रहेर विविध विषयमा सफलता पाएका व्यक्तिहरुबीच एक आपसमा अन्तरक्रिया गरी नेपाली समुदायमा अन्य संभावनाहरुको खोजी गर्ने र मातृभूमिका लागि हातेमालो गर्न प्रेरित गरिने छ।

दुई दिनसम्म चल्ने भेलामा विशिष्ट व्यक्तिहरुको कार्यपत्र प्रस्तुत हुनुका साथै सीप, क्षमता, संभावनाको खोजी र सहकार्य र समुदायलाई एकजुट बनाउने विषयमा गहन छलफल हुनेछ । भेलाबाट जारी हुने घोषणा पत्रलाई कार्यन्वयन गराउन एनआरएन अमेरिकाज् क्षेत्रभरी स्थानीय एनसिसि र च्याप्टरहरूलाई सक्रिय बनाइने क्षेत्रीय संयोजक जोशीले बताए। सो भेलामा अमेरिकाका लागि नेपाली राजदुत र अमेरिकाको विभिन्न राज्यमा रहेका वाणिज्यदुत तथा महावाणिज्यदुतहरु, विश्वविद्यालयहरुमा रहेका वैज्ञानिकहरु, विभिन्न राज्यमा रहेका सफल व्यवसायीहरु, अमेरिकी राजनीतिमा प्रवेश गर्दै गरेका व्यक्तिहरुलार्इ आमन्त्रण गरिने आयोजकले जनाएको छ।

भेलालाई सफल बनाउन मूल व्यवस्थापन समिति, विविन्न कार्यगत समितिहरु पनि निर्माण गरी तयारी थालिने बताइएको छ। प्रवासमा हुने यस्ता भेलाबाट नेपालको पर्यटन प्रर्वद्धनमा विकास, नेपालमा राजनीतिक संक्रमणकाल सकिएकोले लगानीका संभावना र चुनौतिका विषयलगायत विविध विषयमा विस्तृत छलफल गरी ठोस निष्कर्ष निकालिने बताइएको छ।

भेला एनआरएनको उपाध्यक्ष कुमार पन्त संयोजक रहेको एनआरएन एकेडेमीले आगामी अक्टोबरमा नेपालमा गरिने भेलाको मिनि भेलाको रुपमा अमेरिकामा गर्न लागिएको हो। 

प्रकाशित: २५ माघ २०७४ ०४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App