coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

रेमिटेन्स वृद्धिदर खुम्चियो

काठमाडौं- नेपालभित्रिने रेमिटेन्सको वृद्धिदर विस्तारै घट्न थालेको छ। गतआर्थिक वर्ष २०७२/०७३ मा सोभन्दाअघिल्लो वर्षको तुलनामा ५ प्रतिशतबिन्दुले रेमिटेन्सको वृद्धिदर खुम्चिएकोहो। आर्थिक वर्ष २०७१/०७२मा अघिल्लो आवको तुलनामा१३ प्रतिशतले वृद्धि भएको रेमिटेन्स गतआर्थिक वर्ष ८ प्रतिशतले मात्र वृद्धि भएको सरकारीतथ्यांकले देखाएको छ।

अघिल्लो वर्षभन्दागतआर्थिक वर्ष विदेशजानेको संख्यामाघटेपछि रेमिटेन्स वृद्धिदरपनिखुम्चिएको नेपाल राष्ट्र बैंककाकार्यकारी निर्देशकएवं विदेशीविनिमयव्यवस्थापनविभागकाप्रमुखभिष्मराज ढुंगानाले आइतबार नागरिकलाई बताए। 'अघिल्लो सालभन्दागतवर्ष विदेशजानेको संख्या घटेकाकारण रेमिटेन्स वृद्धिदरमाकमीआएको हो,' उनले भने।

आर्थिक वर्ष २०७१/०७२मा५ लाख १२ हजार नेपालीरोजगारीकालागिविदेश गएकोमागतवर्ष यो संख्या घटेर ४ लाख १८ हजारमासीमितभएको छ। यस्को अर्थ आगामीमहिनामा नेपालले प्राप्तगर्ने रेमिटेन्सको वृद्धिदर झन् घट्ने छ।

रेमिटेन्स वृद्धिदर अघिल्लो वर्षको तुलनामाखुम्चिएपनि समग्र रेमिटेन्स रकमभने बढेको छ। अघिल्लो आर्थिक वर्षमाभन्दागतआर्थिक वर्षमा ४८ अर्ब रुपैयाँबढी रेमिटेन्स आएको ढुंगानाले बताए। नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामाकमजोर भएकोले समग्र रेमिटेन्स रकम बढेको हो।

अर्थिक वर्ष २०७१/०७२ मा ६ खर्ब १७अर्ब रेमिटेन्स आएको थियो।आर्थिक वर्ष २०७२/०७३ मा ६ खर्ब ६५ पुगेको ढुंगानाले जानकारी दिए।

विनाशकारी भूकम्प, मलेसिया र खाडीका ६ वटा मुलुकमा पठाउँदा टिकट र भिसाशुल्ककामदारबाट लिननपाउने नियम जस्ता कारणले गतवर्ष विदेश जाने नेपालीको संख्या घटेको बताइन्छ। पैसा कमाउन बिदेसिनेको संख्या घटेपछि विदेशबाट आउने रेमिटेन्स वृद्धिदर घट्नु स्वाभाविकपनिहो।

यसअघिविश्व बैंकले नेपालभित्रिने रेमिटेन्स १० प्रतिशतले घटेको खण्डमा ३ प्रतिशतबिन्दुले आर्थिक वृद्धि घट्न सक्ने चेतावनीदिएको थियो। मुख्यश्रम गन्तव्यमलेसिया र साउदी अरब जाने नेपालीकामदारको संख्यामाभारी गिरावट आएपछि विश्व बैंकले यस्तो चेतावनीदिएको थियो।

हालै विश्व बैंकले आफ्नो प्रतिवेदन नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिकगर्दै नेपालभित्रने रेमिटेन्स घट्न सक्ने र त्यसको निकै ठूलो असर अर्थतन्त्रमा पर्ने भन्दै नेपाली अर्थतन्त्रमा तेस्रो धक्कालाग्न सक्ने आँकलन गरेको थियो।

बैंकले सन् २०१८ मा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत हुन्छ भने पनि रेमिटेन्स १० प्रतिशतले घट्दा यस्तो वृद्धिदर १.३ प्रतिशतमाझर्ने अनुमान छ। जसकाकारण आयातमा ठूलो गिरावट आई सरकारी राजस्वमा असर पर्छ। रेमिटेन्समाहुने गिरावटले गरिबीनिवारण र सार्वजनिकआयमा समेत ठूलो असर गर्नेछ। प्रतिवेदनमाभनिएको छ, 'मुलुकको शोधनान्तर अवस्थाकमजोर हुनेछ भने चालु खातापनिनोक्सानीमाहुनेछ।' बैंक तथावित्तीय संस्थाको खराबकर्जा बढ्नेसम्मको असर नेपालमा पर्न सक्ने चेतावनीउसले दिएको छ।

भूकम्प र भारतले लगाएको नाकाबन्दीलाई पहिलो र दोस्रो धक्का रुपमाव्याख्यागर्दै बैंकले रेमिटेन्स घट्दा नेपालले तेस्रो धक्का महसुस गर्ने बताएको हो। प्रत्येक ६ महिनामा सार्वजनिकहुने उक्तप्रतिवेदनअनुसार रेमिटेन्सको वृद्धिदर सुस्त भइसकेको छ।

गतआर्थिक वर्षको अन्त्यसम्म रेमिटेन्सको वृद्धिदर ८ प्रतिशतमाखुम्चिएको छ। कामदार जाने क्रमकमभएपनि डलरको भाउ बढेको र भूकम्पकाकारण बढी रेमिटेन्स नेपाल पठाएकाले रकम बढी देखिएको हो। दुईवर्षअघिसम्म रेमिटेन्सको वृद्धिदर ३० प्रतिशतहाराहारी थियो। अघिल्लो वर्ष वृद्धिदर १३ प्रतिशत रहेकोमागतआर्थिक वर्ष यस्तो वृद्धिदर ८ प्रतिशतमाखुम्चिएको छ।

गतवर्षको भूकम्पपछि बिदेसिने कामदार सख्या घट्न थालेको छ। विशेषगरी मलेसियाजाने कामदारको संख्याउच्च दरले घटेको वैदेशिक रोजगार विभागले जनाएको छ। खाडीतर्फ तेलको भाउ घटेपछि कामदार माग घट्न थालेको छ।

विश्व बैंकको प्रतिवेदनअनुसार रेमिटेन्सको मात्रामाथोरै गिरावट आउँदापनि नेपालको अर्थतन्त्रमा ठूलो असर देखिने छ। नेपालमा वैदेशिक सहायताको तुलनामा १० गुणा र निर्यात व्यापारको तुलनामा साढे दुई गुणा बढी रकम रेमिटेन्सबाट भित्रिने गरेको छ।

नेपालमाविदेशबाट भित्रिने रेमिटेन्स राष्ट्रिय अर्थतन्त्रको चौथाइ हिस्सा हाराहारी छ। करिब ४० लाख नेपाली वैदेशिक रोजगारीमा रहेको अनौपचारिक अनुमान छ।

सबैभन्दा बढी रेमिटेन्स मलेसिया, कतार, साउदी अरेबियाबाट आउने गरेको तथ्यांकले देखाउँछ। रोजगारीमागएकाकामदारले देशको अर्थतन्त्र नै जोगाउने रेमिटेन्स भिœयाएपनित्यस्तो रकमपुँजीनिर्माणमा भने खर्च हुन सकेको छैन। कामदारबाट भित्रिएको  रेमिटेन्सको अधिकांश हिस्सा दैनिकउपभोग्य वस्तु र मनोरञ्जनमाखर्च हुने गरेको विज्ञको भनाइ छ।

रेमिटेन्सबाट प्राप्तहुने रकमको न्यून हिस्सामात्रपुँजीनिर्माणमा आउने उनीहरुको भनाइ छ। तर, वैदेशिक रोजगारीमागएकाकामदारले पठाएको रकमबाट उनीहरुको जीवनस्तर भने सुधि्रएको अध्ययनहरुले देखाएका छन्। ५६ प्रतिशतभन्दाबढी नेपालीको घरमा रेमिटेन्स आउने गरेको छ। 

प्रकाशित: ३१ श्रावण २०७३ ०३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App