coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

सिएमसी क्यारियर क्वीजको अडिसन फागुनमा

काठमाडौं – सिएमसी क्यारियर क्वीजको आठौं संस्करणका लागि फागुन पहिलो साता काठमाडौं अडिसन हुने भएको छ। काठमाडौं अडिसनका फागुन ३, ४ र ५ गते हुने आयोजक मिटिङ्ग प्वाइन्ट प्रा.लि.ले जनाएको छ।

अडिसनका तीनै दिन फरक फरक स्थानमा लिखित र मौखिक परीक्षामार्फत क्वालिफाइङ राउण्ड खेल्ने टिमको छनोट गरिने आयोजकले जनाएको छ। राजधानीबाट मात्रै कम्तिमा ५० टिम छनोट गरिने जनाइएको छ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने विद्यार्थी तथा विद्यालयले फागुन २ गते भित्र टीम दर्ता गराई सक्नुपर्ने छ। एउटा शैक्षिक संस्थाबाट एक टिममा २ जना रहने गरी बढीमा २ टिमले अडिसनमा सहभागिता जनाउनसक्ने क्विजका प्रमुख कार्यकारी निर्माता सुरेश सिम्खडाले बताए। 

प्रतियोगिताको मोफसल अडिसन भने माघ पहिलो साता सम्पन्न भैसकेको छ। पोखरा, बुटवल र चितवनमा सञ्चालन गरिएका अडिसनबाट प्रत्येक क्षेत्रबाट २ वटा टीमको छनोट गरिएको छ। जिल्लाका ६ टिमले क्वालिफाइङ राउण्ड खेल्नका लागि आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। 

सन् २०१० देखि सञ्चालित प्रतियोगिताका बिजेता टीमलाई आयोजकले नगद पुरस्कार, ट्रफि, मेडल, प्रमाणपत्रका साथै आकर्षक छात्रवृत्ति प्रदान गर्दै आएको कार्यक्रमका निर्माता तथा निर्देशक रजिन महर्जनले जनाएका छन्। 

क्विजको फेसबुक पेज तथा मिटिङ्ग प्वाइन्टको वेबसाइटमार्फत क्विजमा सहभागिताका लागि थप जानकारी पाउन सकिने र फर्म भर्न सकिनेछ।

प्रकाशित: २५ माघ २०७४ १३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App