१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

माल्दिभ्स संकट : यमिनले चीन किन पठाए मन्त्री ?

माले – माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिनले आफ्नो देशको मामिला आफै मिलाउनु पर्ने बताएका छन्। 

बेलायतमा निर्वासनमा रहेका पूर्वराष्ट्रपति मोहम्मद नाशिदले भारत र अमेरिकालाई हस्तक्षेप गर्न आह्वान गरेका बेला राष्ट्रपति कार्यालयले बिहीबार वक्तव्य जारी गर्दै आफ्नो देशको मामिला आफै मिलाउने क्षमता र इमान्दारिता पुष्टि गर्नुपर्ने उल्लेख गरेको छ। उनले यो बिषय माल्दिभ्सका नागरिकसँग सम्वन्धित भएको र देशको मान सम्मान, सरकार र देशको भूमि विक्रीका लागि नभएको पनि बताए। 

माल्दिभ्सका मन्त्री चीन भ्रमणमा

यसैबीच मालदिभ्सको सरकारले देशको संकटकालीन अवस्थाका बारेमा जानकारी गराउन चीन, पाकिस्तान र साउदी अरबमा तीन जना मन्त्री पठाएको छ। 

सर्वोच्च अदालतको गत हप्ताको आदेशपछि माल्दीभ्स राजनीतिक संकटमा फसेको छ भने गत सोमबार राती राष्ट्रपतिले १५ दिने संकटकाल घोषणा गरेका थिए। संकटकालको घोषणा गरेलगत्तै पूर्व राष्ट्रपति महमुन अब्दुल गयुम र प्रधान न्यायाधीश अब्दुल्लाह सइदलाई गिरफ्तार गरिएको थियो। उनीहरुलाई सरकार हटाउने षड्यन्त्र गर्न खोजेको आरोप लगाइएको छ। 

मालदिभ्सको सर्वोच्च अदालतले गएको बिहीबारको फैसलामा जेलमा रहेका सबै राजनीतिक बन्दीलाई रिहागर्न आदेश दिएको थियो। उक्त फैसलाको कार्यान्वयन गर्दा मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नसिद र पूर्वउपराष्ट्रपति अहमद अदिबलाई रिहा गर्नुपर्ने हुन्छ। तर यहाँको सरकार उनीहरुलाई रिहागर्ने पक्षमा नरहेकोले यहाँ सरकार र अदालतबीच विवाद उत्पन्न भएको हो। 

सोही आदेशबमोजिम नै पूर्वराष्ट्रपति गैयुमलाई मध्यरातमा उनको निवासबाट पक्राउ गरिएको हो। उनले मालदिभ्स्मा ३० वर्षसम्म राष्ट्रपतिको रुपमा शासन गरेका थिए। सन् २००८ मा भएको पहिलो राष्ट्रपतीय प्रजातान्त्रिक निर्वाचनमा उनी पराजित भएका थिए।

वर्तमान् राष्ट्रपति यमिनका सौतेला दाजु गैयुम माल्दिभ्समा सबैभन्दा बढी शासन गर्ने राष्ट्रपति हुन्। 

प्रकाशित: २५ माघ २०७४ १४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App