७ वैशाख २०८१ शुक्रबार
खेल

बालुवाटार र रोयल पिसी क्वार्टरफाइनलमा

काठमाडौं – बालुवाटार क्रिकेट क्लब र रोयल पिसी फाइटर दोस्रो खुकुरी च्यालेन्जर कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

प्रतियोगिताअन्तर्गत बिहीबार सोनु तामाङको शतकप्रेरित बालुवाटार क्रिकेट क्लबले लर्ड बुद्ध क्रिकेट क्लबमाथि १ सय ५ रनको रबाफिलो जित हात पारेको हो ।मूलपानी क्रिकेट मैदानमा बालुवाटारले प्रस्तुत गरेको २ सय ९ रनको लक्ष्य पछ्याएको लर्ड बुद्धले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १ सय ३ रन जोड्न सक्यो ।

लर्ड बुद्धका प्रसन्न थापामगरले ३२ र अनुप श्रेष्ठले २४ रन जोडे ।यसअघि टस जितेर ब्याटिङ रोजेको बालुवाटारले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ८ रनको योगफल तयार पारेको थियो । बालुवाटारका सोनुले अविजित १ सय ६१ रनको योगदान दिन । ५९ बल खेलेका उनले १२ चौका र ९ छक्का प्रहार गरे ।

त्यस्तै सुमन उदय र पृथु बास्कोटाले समान २६-२६ रन जोडे ।बिहीबार सम्पन्न अर्को खेलमा रोयल पिसी फाइटरले त्रिमूर्ति ब्वाइजलाई ५८ रनले पराजित ग¥यो । रोयलले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको त्रिमूर्तिले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १ सय २४ रन जोड्न सक्यो ।

त्रिमूर्तिका ओपनर हिमांशु दुलालले ५७ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।यसअघि टस हारेर पहिले ब्याटिङका लागि निम्त्याइएको रोयलले नरेश चन्दको अविजित ७५ र सुवास खकुरेलको ४० रन मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ८२ रनको योगफल खडा गरेको थियो ।
 

प्रकाशित: २६ माघ २०७४ ०१:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App