६ वैशाख २०८१ बिहीबार
कला

प्राप्ति ‘मिस सर्लाही’

काठमाडौं–सर्लाहीमा रहेका युवतीहरुको आन्तरिक प्रतिभालाई प्रष्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको सौन्दर्य प्रतियोगिता ‘मिस सर्लाही’को उपाधि प्राप्ति उप्रेतीले जितेकी छन् । उनले उपाधिसँगै विधागत तर्फको ‘मिस पर्सनालिटी’ र ‘मिस एक्टिभ’को अवार्ड पनि पोल्टामा पारिन् ।

प्रतियोगितामा राधा अधिकारी ‘फष्ट रनरअप’सँगै ‘बेस्ट ड्रेस’, ‘मिस फ्रेण्डली’ र ‘भ्युअर्स च्वाइस’ तथा पुजा यादव ‘सेकेण्ड रनरअप’सँगै ‘बेस्ट कन्फेक्सन’ र ‘अर्गनाइजर च्वाइस’ भइन् ।

पल इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा विधागत तर्फ सोनिया खतिवडा ‘बेस्ट स्किन’ र ‘मिस फोटोजेनिक’, अञ्जना खत्री ‘मिस डिसिप्लिन’ र ‘मिस पङ्चुआलिटी’, जोमो तामाङ ‘मिस बेष्ट क्याटवाक’, ‘बेस्ट स्माइल’ र ‘मिस ट्यालेन्ट’, नग्मा खान ‘मिस कन्फिडेन्ट’ र ‘कञ्जिनियल’ र दिपिका चौधरी ‘मिस कन्फिडेन्स’ र ‘मिस इनरजेटिक’ भए ।प्रतियोगितामा मोडल तथा कलाकार दृश्य सुवेदी, कलाकार तथा निर्देशक आदित्य बुढाथोकी, विवश पौडेल, कोरियोग्राफर तेञ्जु योञ्जन र मिना झा निर्णायक थिए । प्रतियोगिताको कोरियोग्राफर सबिता पाण्डे थिइन् ।

 

प्रकाशित: २६ माघ २०७४ ०१:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App