८ वैशाख २०८१ शनिबार
अर्थ

नेपाल टेलिकमको स्प्रिङ अफर

काठमाडौं – नेपाल टेलिकमले ग्राहकहरूका लागि बिहीबारदेखि स्प्रिङ अफर उपलब्ध गराउने भएको छ । उक्त अफर आगामी वैशाख २५ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार जिएसएम प्रिपेड, पोस्टपेड तथा सिडिएमए मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । कम्पनीले उपलब्ध गराउँदै आएको विभिन्न प्याकेजमा पनि १४ प्रतिशत थप बोनस डाटा उपलब्ध गराउने भएको छ । यससँगै अल टाइम डाटा प्याकअन्तर्गत १० रूपैयाँमा तीन दिनसम्म उपभोग गर्न पाउने गरी २३ एमबी डाटा उपलब्ध हुनेछ ।

त्यसैगरी २५ रूपैयाँमा सात दिनसम्म ६९ एमबी डाटा उपलब्ध हुनेछ । ५० रूपैयाँमा १४ दिनसम्मका लागि १४३ एमबी डाटा, १ सय रूपैयाँमा २८ दिनसम्मका लागि ४५६ एमबी, २०० रूपैयाँमा २८ दिनसम्मका लागि ९६९ एमबी डाटा र ३०० रूपैयाँमा २८ दिनसम्मका लागि १७१० एमबी डाटा उपलब्ध हुनेछ । त्यस्तै, नाइट डाटा प्याकमा पनि पहिलेभन्दा थप १४ प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । यस अफरअन्तर्गत १५ रूपैयाँमा १७१ एमबी डाटा तीन दिनसम्म प्रयोग गर्न सकिने छ ।

त्यसैगरी ४५ रूपैयाँमा ५७० एमबी डाटा ७ दिन, ९० रूपैयाँमा १३६८ एमबी डाटा १४ दिन, २०० रूपैयाँमा ३५०३ एमबी डाटा र ३०० रूपैयाँमा ७५८८ एमबी डाटा २८ दिनसम्म चलाउन पाइने छ । नाइट डाटा प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । टेलिकमको सोसियल मिडिया डाटा प्याकअन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ । यसअन्तर्गत १२ रूपैयाँमा ३ दिनका लागि ५७, २५ रूपैयाँमा ७ दिनका लागि १२६ र ५० रूपैयाँमा २६३ एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ ।

त्यसैगरी १०० रूपैयाँमा ५७० एमबी डाटा र २०० रूपैयाँमा १२५४ एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ । डाटा स्ट्रिमिङ प्याक जिएसएम प्रिपेड र पोस्टपेड मोबाइलमा युट्युब र वाउटाइम एप्स चलाउन सकिने छ । यसअन्तर्गत ११५ रूपैयाँमा १३६८ एमबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ८० रूपैयाँमा ९१२ एमबी डाटा १४ दिन अवधिका लागि र ४५ रूपैयाँमा ४५६ एमबी डाटा ७ दिन अवधिका लागि उपलब्ध हुनेछ । टेलिकमले एसएमएस प्याकअन्तर्गत १२ रूपैयाँमा ५ दिनसम्म उपभोग गर्न पाउने गरी ६० वटा एसएमएस र ६० वटा बोनस एसएमएस समेत उपलब्ध गराएको छ ।

यसरी १२ रूपैयाँमा १२० वटा एसएमएस गर्न सकिने छ । त्यसैगरी फोरजी डाटा प्याकअन्तर्गत १२ रूपैयाँमा ३५ एमबी डाटा ३ दिनका लागि, ५० रूपैयाँमा २२८ एमबी डाटा ७ दिनका लागि र १०० रुपैयाँमा ५७० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी २०० रूपैयाँमा १३६८ एमबी, ३०० रूपैयाँमा २२८० एमबी र ५०० रूपैयाँमा ४१०४ एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ । अल टाइम भ्वाइस प्याक कम्पनीकै नेटवर्कभित्र एक दिनका लागि १० रूपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था गरिएको छ । त्यसैगरी २५ रूपैयाँमा ३० मिनेटको प्याकेज ३ दिन अवधिका लागि उपलब्ध छ ।

५० रूपैयाँमा ५ दिनका लागि ७५ मिनेट, १०० रूपैयाँमा १० दिनका लागि २०० मिनेट, २०० रूपैयाँमा २८ दिनका लागि ४१० मिनेट, ३०० रूपैयाँमा ३० दिनका लागि ६५० मिनेट र ५५० रूपैयाँमा ६० दिनका लागि १२०० मिनेट कल उपलब्ध गराइएको छ । सो कल नेपाल टेलिकमको नेटवर्कभित्रका लागि मात्र उपलब्ध हुनेछ । नाइट टाइम भ्वाइस प्याकअन्तर्गत १० रूपैयाँमा ३ दिनसम्म ७० मिनेट र २५ रूपैयाँमा ७ दिनसम्म कम्पनीकै नेटवर्कभित्र २५० मिनेट कल गर्न सकिने छ । सो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ । कम्पनीले कर्पोरेट ग्राहकहरूका लागि कन्भज्र्ड सियुजी (कर्पोरेट युजर गु्रप) प्याकेज उपलब्ध गराएको छ ।

हालसम्म जिएसएम पोस्टपेडलाई मात्र यो सुविधा उपलब्ध गराइएकोमा अब जिएसएम र सिडिएमएका प्रिपेड र पोस्टपेड सबैमा यो सुविधा उपलब्ध हुनेछ । कर्पोरेट गु्रपका विभिन्न समूहलाई उपयुक्त हुने गरी ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँको विभिन्न दरका सियुजी प्याकेजहरू उपलब्ध गराइएको छ । सबैभन्दा सस्तो प्याकेज ४ सयमा उपलब्ध हुनेछ । यसअन्तर्गत सियुजी गु्रपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा १५० मिनेट भ्वाइस कल गर्न तथा ३०० एमबी डाटा चलाउन र ५० वटा एसएमएस पठाउन सकिने छ ।

त्यसैगरी ७ सय रूपैयाँमा ३ सय मिनेट भ्वाइस कल गर्न, ८०० एमबी डाटा चलाउन र १०० वटा एसएमएस पठाउन सकिने छ । योबाहेक १ हजार रूपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न, १५०० एमबी डाटा चलाउन र १५० वटा एसएमएस पठाउन सकिने छ । १३०० रूपैयाँमा ६०० मिनेट भ्वाइस कल, २१०० एमबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन तथा १६०० रूपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न, २७०० एमबी डाटा चलाउन र २५० वटा एसएमएस पठाउन सकिने छ ।

सबै प्याकेजमा रहेका गु्रप सदस्यहरू बीचमा भने असीमित भ्वाइस कल गर्न सकिने छ । कम्पनीले इन्डिया आउटगोइङ कल अफर सञ्चालनमा ल्याएको छ । यो योजना अनुसार नेपालबाट भारतमा कल गर्नका लागि अब सस्तो दरको प्याकेज लिन सकिने भएको छ । यसका लागि कम्पनीले डेली, विक्ली र मन्थ्ली प्याक गरी तीन प्रकारको अफर ल्याएको छ । डेली प्याकअन्तर्गत ३५ रूपैयाँमा १५ मिनेट कल गर्न सकिने छ । सो प्याक १ दिनका लागि मात्र उपलब्ध हुनेछ । त्यसैगरी विक्ली प्याक अन्तर्गत १५० रूपैयाँमा ६५ मिनेट र मन्थ्ली प्याकअन्तर्गत ५०० रूपैयाँमा २२५ मिनेट कल गर्न सकिने छ ।

यी प्याक क्रमशः ७ दिन र एक महिनासम्म प्रयोग गर्न सकिने छ । प्याकबाट प्रतिमिनेट २ रूपैयाँ २२ पैसासम्मको सस्तो दरमा भारतमा कल गर्न सकिने छ । अब विदेशबाट कल आएमा समेत बोनस कल र एसएमएस उपभोग गर्न सकिने छ । ७ दिनभित्र ७ मिनेट अन्तर्राष्ट्रिय कल रिसिभ गर्ने प्रत्येक ग्राहकले नेपाल टेलिकमको नेटवर्कमा १४ मिनेट फ्रि कल गर्न र १४ वटा फ्रि एसएमएस पठाउन सक्ने छन् । फ्रि कल र फ्रि एसएमएसको प्रयोग भने ३ दिनभित्र गरिसक्नु पर्नेछ ।

त्यस्तै टेलिकमले ५ एमबिपिएससम्मको गतिमा उपलब्ध हुने गरी अपग्रेड गरिएको छ । त्यसैगरी एडीएसएल रिचार्ज गर्दा ग्राहकको जिएसएम वा सिडिएमए मोबाइलमा क्रस–बन्डलिङ डाटा बोनस उपलब्ध गराइने छ । यसअन्तर्गत २ सय रूपैयाँको रिचार्ज गर्दा ३० एमबी अल टाइम र ६० एमबी नाइट डाटा प्रयोग गर्न सकिने छ । त्यसैगरी ५ सय रूपैयाँको रिचार्ज गर्दा ८० एमबी अल टाइम र १६० एमबी नाइट तथा १ हजार रूपैयाँको रिचार्ज गर्दा १७५ एमबी अल टाइम र ३५० एमबी नाइट डाटा प्रयोग गर्न सकिने छ ।

एफटिटिएच सेवामा कर्पोरेट तथा व्यक्तिगत प्याकेज टेलिकमले एफटिटिएचअन्तर्गत व्यक्तिगत ग्राहक र कर्पोरेट ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था गरेको छ । दुवै प्रकारका ग्राहकको लागि ८, १४, ३३, ५५ र १०० एमबिपिएस ब्यान्डविथको प्याकेज उपलब्ध छ । व्यक्तिगत तर्फ ८ एमबिपिएस गतिको एफटिटिएच प्याकेजअन्तर्गत ३ महिनाका लागि ४५० जिबी, ६ महिनाका लागि ११०० जिबी र १२ महिनाका लागि २४०० जिबी डाटा प्रयोग गर्न सकिने छ ।

यी प्याकेजको मूल्य क्रमशः ४ हजार २ सय ३७, ७ हजार ७ सय ९७ र १३ हजार ५ सय ६० रूपैयाँ छ । १४ एमबिपिएस गतिको एफटिटिएच प्याकेजअन्तर्गत ३ महिनाका लागि ७०० जिबी, ६ महिनाका लागि १६०० जिबी र १२ महिनाका लागि ३५०० जिबी डाटा प्रयोग गर्न सकिने छ । यी प्याकेजको मूल्य क्रमशः ४ हजार ७ सय ४६, ८ हजार ८ सय १४ र १५ हजार ५ सय ९४ रूपैयाँ छ ।

३३ एमबिपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि १०५० जिबी, ६ महिनाका लागि २३०० जिबी र १२ महिनाका लागि ५००० जिबी डाटा प्रयोग गर्न सकिने छ । यी प्याकेजको मूल्य क्रमशः ५ हजार २ सय ५४, ९ हजार ८ सय ३१ र १७ हजार ६ सय २८ रूपैयाँ छ । ५५ एमबिपिएस गतिको प्याकेजअन्तर्गत १२ महिनाका लागि ६५०० जिबी डाटा २० हजार ३ सय ४० रूपैयाँमा र १०० एमबिपिएस गतिको प्याकेजअन्तर्गत १२ महिनाका लागि ८५०० जिबीको डाटा २५ हजार ७ सय ६४ रूपैयाँमा खरिद गर्न सकिन्छ ।

त्यसैगरी कर्पोरेट युजर प्याकेजअन्तर्गत ८ एमबिपिएस गतिको एफटिटिएच प्याकेज ३ महिनाका लागि १६०० जिबी, ६ महिनाका लागि ३६०० जिबी र १२ महिनाका लागि ८००० जिबी डाटा प्रयोग गर्न सकिने छ । यी प्याकेजको मूल्य क्रमशः ८ हजार ४ सय ७५, १५ हजार ९ सय ३३ र २८ हजार ४ सय ७६ रूपैयाँ छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले स्टार १४१५ ह्यास डायल गर्नुपर्ने छ ।

प्रकाशित: २६ माघ २०७४ ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App