coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

निर्माण क्षेत्रकाे विकास तथा अाधुनिकीकरणमा टेवा

सृजल भट्टराई
निर्देशक, मिडिया स्पेस सोलुसन्स प्रालि

चौथो नेपाल बिल्डकन तथा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनीलाई यो पटक विगतको भन्दा भव्य र बनाउने तयारी गरेका छौं । निर्माण व्यवसाय र काष्ठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउन र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनका लागि यो प्रदर्शनी तीन वर्षदेखि कोसेढुंगा सावित हुँदै आएको छ ।

यसपटकको प्रदर्शनीमा हेभी इक्युपमेन्ट र प्रिफेब्रिकेटेड हाउसहरुको पनि उल्लेखनीय सहभागिता रहने छ । नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुनर्निर्माण तथा आधुनिकीकरणमा प्रदर्शनीले टेवा पुर्याउने विश्वास हामीले लिएका छौं ।

निर्माण तथा काष्ठ क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने तथा नेपालमा उपलब्ध सामग्री र प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्दै आएका छौं । यो पटकको प्रदर्शनीमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, जर्मनी, इटालीलगायत देशका दुई सय २० भन्दा बढी निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताले निर्माण तथा काष्ठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउनेछन् ।

प्रदर्शनीमा घर बनाउन चाहने व्यतिm, आमनागरिकबाहेक निर्माण तथा काष्ठ क्षेत्रमा काम गरिरहेका आर्किटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टर, बिल्डर्स, इन्टेरियर डिजाइनरलगायतको सहभागिता रहनेछ । प्रदर्शनीमा अवलोकनका आउन चाहने जोकोहीका लागि निःशुल्क प्रवेशको व्यवस्था गरेका छौं ।
 

प्रकाशित: २६ माघ २०७४ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App