७ वैशाख २०८१ शुक्रबार
अर्थ

रेनोको वाउ अफर

काठमाडौं– रेनोको लागि नेपालको आधिकारीक वितरक एड्भान्स अटो मोबाइल प्रालिले ‘रेनो वाउ अफर’ ल्याएको छ । यस अफरमा रेनोले आफ्नो उत्कृष्ट कार बिक्रीमा ‘रेनोमा दम छ, इन्ट्रेस्ट कम छ’ भन्ने ट्यागलाइन तय गरेको हो ।

यो योजना माघ २४ गतेबाट सुरु भएको हो । अब उपभोक्ताले रेनोको उत्कृष्ट र आकर्षक कार सर्वसुलभ ब्याजदरमा खरिद गर्न पाउने कम्पनीले जनाएको छ । त्यसका लागि कम्पनीले ८.९९ प्रतिशत व्याजदरमा फाइनान्स गर्ने व्यवस्था मिलाएको छ ।

यस अफर योजनामा ब्याजदरबाहेकक दुई वर्षसम्म निःशुल्क सर्भिसिङ, एक वर्षको सडक कर, सहज फाइनान्सिङ र आकर्षक नगद छुटको व्यवस्था रहेको छ । साथै कम्पनीले गाडीमा पाँच वर्षको वारेन्टी समेत दिएको कम्पनीले जनाएको छ ।

यो अफर नेपालभर रहेका रेनो सोरुमबाट ग्राहकले लिन सक्ने छन् । यस अफरले निकै सस्तो ब्याजदरमा ग्राहकले रेनोका उत्कृष्ट र आर्कषक कारहरु खरिदगर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
हाल नेपालमा रोनेका पाँच मोडलका कार बिक्री वितरण दुँदै आइरहेका छन् । जसमा डस्टर, लोड्जी, क्विड १.० लिटर एटिएम, क्विड ०.८ लिटर र क्विड १.० लिटर रहेका छन् । ग्राहकले आफ्नो इच्छा लागेको मोडल मनपर्ने कलरमा छनोट गर्न सक्ने कम्पनीको भनाइ छ ।
 

प्रकाशित: २६ माघ २०७४ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App