६ वैशाख २०८१ बिहीबार
समाज

गुल्मीको आपचौरमा भीषण आगालागी

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका ५ आपचौरमा भीषण आगालागी भएको छ । विहीबार दिउँसोबाट शुरु भएको आगालागी शुक्रवार बिहान आपचौर खवाङ्ग वस्ती नजिकै पुगेको स्थानीय अर्जुन अर्यालले जानकारी दिएका छन्।

२८ घरधुरी रहेको वस्ती नजिकै आगो आइएसकेको अर्यालले बताए। स्थानीयवासीहरूले आगो नियन्त्रण लिने प्रयास गरेपनि सुकेको खर भएकाले कठीनाई भएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली शुक्रवार विहान घटनास्थल तर्फ लागेको प्रमुख जिल्ला अधिकारी गोपाल खनालले जानकारी दिए।

आगो बस्तीमा पस्न लागेपछि नगरप्रमुख सोमनाथ सापकोटाले स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्। 

प्रकाशित: २६ माघ २०७४ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App