‘चर्च’ निर्माण गर्दै स्थानीय सरकार

शुक्रबार, २६ माघ २०७४, ०९ : ०६ दिनेश सुवेदी


रोल्पा – धर्म अफिम हो भनेर दिनदिनै भाषण गर्ने माओवादी जनप्रतिनिधिका रुपमा विजयी भएको रोल्पाको माडी गाउँपालिकाले क्रिस्चियन धर्म प्रवद्र्धनका लागि बजेट विनियोजन गरेको तथ्य बाहिर आएको छ । रोल्पाका टोलटोलमा चर्च स्थापना गरेका इसाई धर्मावलम्बीका लागि स्थापना गरिएका ‘मन्डली भवन’ निर्माणका लागि गाउँसभाबाटै बजेट छुट्याइएको हो । माडी गाउँपालिका वडा नं. ५ मा ‘मन्डली भवन’ निर्माणका लागि ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी वडा नं. १ मा ‘काफलनेटा मन्डली भवन’ निर्माणका लागि ८० हजार छुट्याइएकोमा विवाद आएपछि रकम सोही प्रयोजनमा खर्च हुनेगरी अहिले योजनाको नाम भने फेरिएको छ । कागजमा ‘काफलनेटा मन्डली भवन’ नाम परिवर्तन गरेर ‘काफलनेटा टोल फिल्ड निर्माण’ भनिएको छ।

‘देश धर्म निरपेक्षतामा गएको छ । शिक्षा, स्वास्थ्यजस्ता महŒवपूर्ण विषयलाई गौण राखेर धर्मका नाममा बजेट विनियोजन हुनु दुर्भाग्य हो’, पत्रकार खेमबहादुर बुढा भन्छन्, ‘अरु केही होइन, हिजो चुनावका समयमा क्रिस्चियनसँग भोट माग्दा गरिएको अघोषित सहमतिअनुसारको सौदाबाजी हो।’

माडी गाउँपालिकाभित्रका धेरै विद्यालयमा भवन छैन, फर्निचर छैनन् तर जनप्रतिनिधिले मन्डली भवनमा बजेट खर्चिरहेका छन् । ‘क्रिस्चियनहरुसँग पैसा नभएर गाउँपालिकासँग  मागेका होइनन् । यो त यिनीहरुको योजना हो’ एक जनप्रतिनिधिले भने, ‘आफ्नै बजेटबाट बनेको मन्डलीमा स्थानीयको अपनत्व जाग्छ भन्ने इसाईहरुको अपेक्षा हो । जिल्लामा करिब ५ दर्जन चर्च बनाउन सक्नेले यहाँ बनाउन नसक्ने भन्ने हुँदै होइन।’

बजेट हाल्नुपर्ने शिक्षा, स्वास्थ्यमा हो । ‘साझा क्षेत्रमा छुट्याउनुपर्ने बजेट कुनै एक धर्म विशेषका लागि छुट्टिनु राम्रो होइन’, माडी गाउँपालिका घर भएका कांग्रेस रोल्पाका पूर्वसभापति कृष्णबहादुर घर्तीमगर भन्छन्।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

१०७ भत्किए, तीन मात्रै बने

काठमाडौं महानगरपालिका क्षेत्रमा भूकम्पले भत्किएका १०७ सम्पदामध्ये तीन मात्रै पुनर्निर्माण सम्पन्न भएका छन् । भूकम्प गएको तीन वर्ष बित्न लाग्दा...

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

स्वेता खड्काको निर्माणमा बनेको फिल्म ‘कान्छी’ प्रदर्शन भइरहँदा शुक्रबारबाट हलमा दुई नेपाली फिल्म ‘पञ्चेबाजा’ र ‘साढे ७’ थपिएका छन् ।...

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविन रिमाल ‘प्रशान्त’द्वारा लिखित ‘फूलबारी’ बालकविता संग्रहको लोकार्पण गरिएको छ । नुवाकोट साहित्य प्रतिष्ठानले १२ वर्षे रिमाल अध्ययन गर्दै आएको...

लम्सालको ‘पेनाल’ महाकाव्य

साहित्यकार देवेन्द्र लम्सालद्वारा रचित ‘पेनाल’ महाकाव्य सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्याङजा साहित्य परिषद्ले राजधानीमा...