४ वैशाख २०८१ मंगलबार
खेल

नेपाल ओमनसँग भिड्दै

नामिबिया – नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा नेपालले शुक्रबार (आज) ओमनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउसो १ः१५ मा सुरु हुने छ।

पहिलो खेलमा हिजो नामिबियालाई १ विकेटले हराएको नेपाल आज दोस्रो जितको खोजीमा हुनेछ । हिजोको खेलमा बलिङमा राम्रो प्रदर्शन गरेपनि नेपालले ब्याटिङमा भने फितलो प्रदर्शन गरेको थियो। 

नेपाललाई आज ओमानसँगको खेलमा ब्याटिङमा राम्रो प्रदर्शन गर्न आवश्यक देखिएको छ । हिजोको खेलमा बलर वसन्त रेग्मीको २४ रन बनाउदै नेपाललाई जित दिलाएका थिए।

नेपालसँग भिड्न लागेको ओमन भने पहिलो खेलमा क्यानाडासँग ८ विकेटले पराजित भएको थियो।

प्रतियोगितामा नेपालसँगै युएई, क्यानडा, नामिबिया, केन्या र ओमान  गरी ६ टोलीको सहभागीता रहेको छ।  
 

प्रकाशित: २६ माघ २०७४ ०४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App