८ वैशाख २०८१ शनिबार
खेल

बार्सिलोना कोपा डेल रेको फाइनलमा

स्पेन – बार्सिलोना कोपा डेल रेफुटबलको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत विहिबार राति सम्पन्न दोस्रो लेगको खेलमा भ्यालेन्सियालाई २–० ले पराजित गर्दै बार्सिलोना उपाधि नजिक पुगेको हो।

बार्सिलोनाको जितमा खेलको ४९ औं मिनेटमा फिलिप कौटिन्हो र ८२ औं मिनेटमा इभान राकिटिचले एक÷एक गोल गरेका थिए।

आफ्नै मैदानमा भएको पहिलो लेगमा बार्सिलोना १–० ले विजयी भएको थियो । पहिलो र दोस्रो लेगको खेल जितेसँगै बार्सिलोनाले समग्रमा खेल ३–० ले आफ्नो पक्षमा पारेको हो।
बार्सिलोनाले अब उपाधिका लागि सेभियाको सामना गर्नेछ।

प्रकाशित: २६ माघ २०७४ ०५:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App