कपिलवस्तुमा ८ सय ७८ जनामा हात्तीपाइले

शुक्रबार, २६ माघ २०७४, ११ : ०९ नागरिक


कपिलवस्तु – कपिलवस्तुका ८७८ जनामा हात्तीपाइलेको लक्षण देखा परेको छ। आर्थिक वर्ष २०७३÷०७४ को तथ्यांकका आधारमा जिल्लामा खुट्टा सुन्निएका २२८, हाइड्रोशील ६०२ र शरीरका अन्य भागमा ४८ गरी ८७८ संक्रमित भेटिएका हुन्।

सन् २०२० भित्र हात्तीपाइले रोगीको संख्या १ प्रतिशतभन्दा कममा झार्ने सरकारी योजनाअनुसार यस जिल्लामा विसं २०६४ देखि २०६६ सम्म अभियान सञ्चालन गरिएको थियो । अभियानका क्रममा जिल्लाका विभिन्न विद्यालय र तत्कालीन गाविसमा रहेका व्यक्तिको नमूना रगत संकलन गरिएको थियो।

त्यति बेला पनि हात्तीपाइलेबाट संक्रमित भेटिएका थिए । त्यसपछि पनि अभियान सञ्चालन गरिएपछि पाँचौँ, छैठौँ र आठौँ वर्ष पनि नमूना रक्त परीक्षण गर्दा फेरि संक्रमित भेटिएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । अभियान २०६४ देखि लगातार सञ्चालन गरिँदै आएको छ तर रोग भने नियन्त्रणमा आउन सकेको छैन।

नौ वर्षे अभियानमा पाँच लाख ५३ हजार, ५२४ मध्ये चार लाख ७५ हजार ९६१ जनाले मात्र औषधि खाएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसरी जिल्लाको तथ्यांक हेर्दा सरकारले सन् २०२० भित्र हात्तीपाइले रोगीको संख्या एक प्रतिशतभन्दा कममा झार्ने कुरा निकै चुनौतीपूर्ण रहेको स्वयं स्वाथ्यकर्मी बताउँछन्।

जिल्लामा यस वर्ष पुनः हात्तीपाइलेविरुद्धको महाअभियान सञ्चालन गरिँदै छ । यही फागुन १२ देखि ३ दिने अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । “नौ वर्षे अभियान उपलब्धिमूलक देखिएन, त्यसैले फेरि यो अभियान सञ्चालन गर्न लागेका छौँ, स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले भने, अभियानमा पोका पारेर औषधि बाँडियो, तर धेरैले खाएनन् त्यसैले रोगको निवारण भएन।” उनका अनुसार नमूना रक्त परीक्षणका क्रममा १३ प्रतिशतमा हात्तीपाइले रोगको परजीवी फेला परेका छन्।

तत्कालीन बहादुरगञ्ज, महाराजगञ्ज र बाणगंंगा गाविसका ९०० जनाको नमूना परीक्षण गर्दा सो फेला परेको थियो । २०७२ कात्तिकमा केन्द्रीय र जिल्लास्तरीय टोलीले नमूना रक्त संकलन गरेको थियो । २०७२ सालमा बजेट स्वीकृत नहुँदा अभियान सञ्चालन भएको थिएन।

विसं २०७१ मा जिल्लाका ४० विद्यालयका ६ र ७ वर्ष उमेरका बालबालिकामा समेत नमूना परीक्षण गर्दा करिब ५ प्रतिशतमा हात्तीपाइलेको जीवाणु भेटिएको प्रमुख भगतले बताए । सोही तथ्यांक बाहिर आएपछि जिल्लामा २ वर्ष अभियान थपिएको थियो । यो हात्तीपाइले विरुद्धको अभियान जिल्लामा अन्तिम भएकाले सबैले हातेमालो गर्न उनले अपिल गरे।

सो रोगविरुद्ध दिइने औषधि पूर्णरूपमा सुरक्षित भए पनि भ्रममा परेर धेरैले नखाएपछि समस्या देखिएको तौलिहवा अस्पतालका डाक्टर सजल त्वानावासुले बताए । “सो रोगविरुद्ध दिइने औषधि विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको हो, त्यसैले यो पूर्णरूपमा सुरक्षति छ, ढुक्कसँग खाए हुन्छ” उनले भने । औषधि सेवनले सामान्य असर देखिन सक्ने भएपनि केही नहुने उनको भनाइ छ।

रोगका परजीवी रहेका मानिसलाई सामान्य वाकवाकी रिंगटा आउने र टाउको दुख्न सक्ने उनले जानकारी दिए । “यो भनेको सामान्य कुरा हो, औषधि सेवनले हात्तीपाइले सर्नबाट सुरक्षित राख्छ” स्वास्थ्य कार्यालयका फोकल पर्सन उदयचन्द चौरसियाले भने।

औषधिविरुद्ध भ्रामक कुराले गर्दा गाउँतिर भन्दा शहर बजारतिर औषधि सेवन नगरेको उनले बताए । गाउँमा मानिसले ढुक्कसँग औषधि खाए, शहरीयाले पोकामा थन्काएर राखे उनले भने त्यसले गर्दा अभियानले सार्थकता पाउन सकेन । यस पटक ३० देखि ४० घरको बीचमा एकजना स्वयंसेवक परिचालन गरिने योजना रहेको उनले सुनाए।

स्वयंसेवककै प्रत्यक्ष निगरानीमा औषधि खुवाइनेछ । हात्तीपाइले उच्चेरिया बाक्रोफटी नामको परजीवीबाट लाग्दछ । यो परजीवी एक व्यक्तिबाट अर्कोमा लामखुट्टेको टोकाइबाट सर्दछ । केटाकेटी यो रोगको जोखिममा रहने स्वास्थ्यकर्मी बताउँछन्।

यो रोग लागेपछि खुट्टा सुन्निएर हात्तीको जस्तै हुने, हात, स्तन सुन्निने गर्छ । यो औषधि २ वर्षमुनिका बालबालिका, ७ दिनको सुत्केरी, कडा रोग लागेका र ७० वर्ष नाघेकाले सेवन गर्न नहुने चिकित्सकको भनाइ छ। (रासस)





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

१०७ भत्किए, तीन मात्रै बने

काठमाडौं महानगरपालिका क्षेत्रमा भूकम्पले भत्किएका १०७ सम्पदामध्ये तीन मात्रै पुनर्निर्माण सम्पन्न भएका छन् । भूकम्प गएको तीन वर्ष बित्न लाग्दा...

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

स्वेता खड्काको निर्माणमा बनेको फिल्म ‘कान्छी’ प्रदर्शन भइरहँदा शुक्रबारबाट हलमा दुई नेपाली फिल्म ‘पञ्चेबाजा’ र ‘साढे ७’ थपिएका छन् ।...

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविन रिमाल ‘प्रशान्त’द्वारा लिखित ‘फूलबारी’ बालकविता संग्रहको लोकार्पण गरिएको छ । नुवाकोट साहित्य प्रतिष्ठानले १२ वर्षे रिमाल अध्ययन गर्दै आएको...

लम्सालको ‘पेनाल’ महाकाव्य

साहित्यकार देवेन्द्र लम्सालद्वारा रचित ‘पेनाल’ महाकाव्य सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्याङजा साहित्य परिषद्ले राजधानीमा...