१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

महिला मृत फेला

भक्तपुर – भक्तपुरको चाँंगुनारायण नगरपालिका ६ खरिपाटीस्थित बेसी टोलकी ३०  वर्षकी पुतली तामाङ शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्।

सिन्धुपाल्चोक जिल्ला साँगाचोक घर भई हाल सोही स्थानमा टहरा बनाई बस्ने बर्ष ३५ को पंचे तामाङकी श्रीमती पुतली मृत अवस्थामा भेटिएकी महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । बिहान नौ बजे खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट सिनियर प्रहरी अधिकृत सहितको प्रहरी टोली खटाई आवश्यक अनुसन्धान गरिएको परिसरका प्रवक्ता कृष्ण प्रसाईले जनाए । घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको उनले जनाए ।  

 

प्रकाशित: २६ माघ २०७४ ०५:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App