८ वैशाख २०८१ शनिबार
समाज

चार वर्षअघि हराएका बालक फेला

जितपुर – चार वर्षअघि हराएका एक बालकलाई फेलापारी झापा ल्याइएको छ। झापा सुरुङ्गास्थित तामाङ गाउँका १४ वर्षीय सुनिल विक चार वर्षअघि नाताले मामा पर्नेसँग भारतको पञ्जाव घुम्न गएका थिए। 

मामाले पञ्जाबमा आफ्नै पसलमा उनलाई काममा लगाएका थिए तर एक दिन मामा पर्नेले पसल बन्द गरी जानकारी नै नदिइ भागेको बालक सुनिलले बताए। भारतमा बेवारिसे भएर डुलिरहेका बेला भारतीय प्रहरीको सहयोगमा भारत नेपाली एकता समाजमार्फत बालक विकलाई कृष्णनगर प्रहरी कार्यालयमा पठाइएको थियो। उक्त प्रहरी कार्यालयले जिल्ला बालकल्याण समितिमार्फत कपिलवस्तु बालगृहमा पठाएको बालगृहका संयोजक रामप्रसाद अर्यालले बताए। 

झापा जिल्ला सुरुङ्गा बस्ने तारामान विक र रमा विक छोरा सुनिललाई यही पुस २६ गते जिल्ला बाल कल्याण समितिमार्फत बालगृहमा लाइएको र उनले आफ्ना बुबाआमा र आफन्त भेट्न आतुर रहेको उनले जानकारी दिए। 

बालकका बुबाआमा पत्ता लगाई परिवारको जिम्मा लगाउन झापा जिल्ला बालकल्याण समितिसँग समन्वय गरी छिट्टै झापा पठाइने जिल्ला बालकल्याण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए। 

प्रकाशित: २६ माघ २०७४ ०७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App