७ वैशाख २०८१ शुक्रबार
समाज

पत्रकार महासंघको बैठक जनकपुरमा

 धनुषा-  नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको बैठक प्रदेश नं २ को राजधानी जनकपुरमा बस्ने भएको छ ।

जिल्लाको पर्यटकीय विकास, प्रादेशिक केन्द्रको रुपमा प्रचारप्रसार र राष्ट्रियस्तरमै स्थानीय मुद्दा उठाउने उद्देश्यले महासंघको धनुषा शाखाको पहलमा अगामी फागुन २० र २१ गते यहाँ बैठक बस्ने तय भएको हो ।

महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा उपत्यकामा उपलब्ध केन्द्रीय पदाधिकारी र सदस्यको बैठकले जनकपुरमा बैठक बस्न सहमति दिएको महासंघका जिल्ला अध्यक्ष अनिलकुमार मिश्रले जानकारी दिए ।जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले यहाँ हुने सो बैठक सुखद र जनकपुरका लागि उपलब्धिमूलक हुने विश्वास रहेकाे बताए । रासस
 

प्रकाशित: २६ माघ २०७४ ०७:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App