coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

गायिका शोविताको तीज गीत ‘फेसबुकमा हिट’ (भिडियोसहित)

nhQlX1FqdkI

काठमाडौं– सामाजिक संञ्जाल फेसबुक र ट्वीटरले विश्वभरका मानिसहरुलाई एक अर्कामा परिचित बनाइ दिएको छ। फेसबुकले दिनानुदिन चर्चा पाइरहेको बेला सोबिता रिसाल र राजन रुचालले फेसबुक र ट्वीटरलाई जोडेर तीज गीत सार्वजनिक गरेका छन् ।

म्युजिक नेपालबाट सार्वजनिक गीतमा सोबिता रिसाल र राजन रुचालकै शब्द रहेको छ भने लय राजन रुचालले गरेका छन् ।

यस्तै गीतमा एरेन्ज बिनोद बाजुरालीको रहेको छ । सामुदायिक सुचना नेटवर्क सीआइएनमा कार्यरत दुबैले गीत भने पहिलो पटक गाएका हुन् । गीतमा अभिनय संगिता रसाईली र असोक दवाडीले गरेका छन् ।

ट्वीटमा रमाउने पत्रकार र छिनछिनमा नै फेसबुक चलाईरहन चाहने युवा पुस्ताको बिषयलाई गीतमा समेटिएको छ । युटुबमा पनि गीत चर्चित बनेको छ ।

प्रकाशित: ३१ श्रावण २०७३ ०६:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App