coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लहानमा यमाहाको सोरुम, मिस नेपालबाट उद्घाटन

लहान – यामाहा मोटर साइकलको आधिकारिक विक्रेता एमएलब्लु ईन्टरप्राजेजले लहानमा विश्वस्तरीय सुविधायुक्त संरचनामार्फत सेवा सुरुवात गरेको छ। शुक्रबार लहानमा उतm सुविधायुक्त एसएस अटो सेन्टरको मिस नेपाल २०१७ निकिता चन्दकले उद्घाटन गरिन्।

यहाँबाट ग्राहकले एक्सचेन्ज र फाइनान्सको सुविधा समेत पाउने एसएस अटो सेन्टरका प्रबन्धक सञ्जीव साहले बताए। ‘हामीसँग हाईटेक वर्कसप, दक्ष टेक्निसियनसहितको गुणस्तरीय सर्भिसिङको सेवा उपलब्ध छ,’ उनले भने।

यामाहाले बजारको माँग अनुसार विभिन्न प्रकारकारका मोटरसाईकल, स्कुटर विक्री गर्दै आएको छ। स्कुटरमा यामाहाको फेसिनो, रे, जेडआर गरि तीन मोडेल उपलब्ध छन् भने मोटरसाईकलमा एफजेड, एस एफआई, आर १५, सलुटो, र प्राविधिक रुपमा उच्चस्तरीय आर ३ उपलब्ध छन्। यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सीसी क्षमताको एफजी २५ छोटो अवधीमै सर्वाधिक खोजीएको मोटरसाईकल बन्न सफल भएको साहको दावी छ।

प्रकाशित: २६ माघ २०७४ १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App