दोस्रो स्मृती दिवसमा सुशील कोइरालाको सम्झना (भिडियो)

शुक्रबार, २६ माघ २०७४, १९ : ४९ नागरिक


काठमाडौं–  पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालिन सभापति  सुशील कोइरालाको दोस्रो स्मृती दिवस सम्पन्न भएको छ। नेपाल विद्यार्थी संघको आयोजना गरेको स्मृती दिवशमा कांग्रेस नेतहरुले कोइरालाका योगदानलाई सम्झिए।

कार्यक्रममा कांग्रेस नेताहरु प्रकाशमान सिंह तथा अर्जुन नरसिंह केसिसहितका नेताहरुले आफ्नो धारणा राखेका थिए। उनीहरुले कोइरालाले देखाएको मार्गमा कांग्रेस हिंड्नुपर्नेमा जोड दिए।

कार्यक्रमको नेता अर्जुन नरसिंह केसिले आाफ्नो चरित्र विकास र चिन्तन विकास गर्ने हो भने अर्को चुनावमा कांग्रेस ठूलो पार्टी बन्ने बताए। उनले वाम गठबन्धनलाई तासको घरको संज्ञा दिए। केसीले वाम गठबन्धन लिभिङ टुगेदरमा बसेको पार्टी भएको बताउँदै बिहे भएको ९ महिनादेखि १० महिनामा आफैं छुट्टिने टप्पणी गरे।

अर्का नेता प्रकाशमान सिंहले व्यक्तिले हार्दा व्यक्तिले मात्र हार्ने नभई नेतृत्वलेनै हार्ने बताए। उनले बाम गठबन्धनको कुनै भर नभएकाले कांग्रेसलाई नेतृत्व सम्हाल्न तयार भएर बस्न आग्रह समेत गरे।

कांग्रेसका तत्कालीन सभापतिसमेत रहेका कोइरालाको २०७२ माघ २६ गते महाराजगञ्जस्थित निवासमा निधन भएको थियो।

कांग्रेसका सत्ता र शक्तिमोहबाट टाढा पार्टी राजनीतिमै जीवनका अधिकांश समय बिताएका कोइराला दोस्रो संविधानसभा चुनावपछि नेपालको ३७ औं प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका थिए।

कोइराला प्रधानमन्त्री हुँदा शान्ति स्थापना र संविधान निर्माणमा विशेष जोड दिए। उनकै नेतृत्वमा नेपालको संविधान २०७२ जारी भएको थियो। 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

१०७ भत्किए, तीन मात्रै बने

काठमाडौं महानगरपालिका क्षेत्रमा भूकम्पले भत्किएका १०७ सम्पदामध्ये तीन मात्रै पुनर्निर्माण सम्पन्न भएका छन् । भूकम्प गएको तीन वर्ष बित्न लाग्दा...

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

स्वेता खड्काको निर्माणमा बनेको फिल्म ‘कान्छी’ प्रदर्शन भइरहँदा शुक्रबारबाट हलमा दुई नेपाली फिल्म ‘पञ्चेबाजा’ र ‘साढे ७’ थपिएका छन् ।...

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविन रिमाल ‘प्रशान्त’द्वारा लिखित ‘फूलबारी’ बालकविता संग्रहको लोकार्पण गरिएको छ । नुवाकोट साहित्य प्रतिष्ठानले १२ वर्षे रिमाल अध्ययन गर्दै आएको...

लम्सालको ‘पेनाल’ महाकाव्य

साहित्यकार देवेन्द्र लम्सालद्वारा रचित ‘पेनाल’ महाकाव्य सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्याङजा साहित्य परिषद्ले राजधानीमा...