coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

आलियाको प्रेमले रणवीर तनावमा

मुम्बई– बलिउड अभिनेत्री आलिया भाट करण जोहरको फिल्म ‘ब्रहास्त्र’को सुटिङका लागि इजरायल पुगेकी छिन्। यो फिल्ममा आलियालाई रणवीर कपूरसँग रोमान्स गर्दै गरेको देख्न सकिन्छ।

भर्खरै मात्र सिद्धार्थ मल्होत्रासँग ब्रेकअप भएपछि आलिया रणवीर कपूरको प्रेममा परेको खबरले बजार तताएको छ। तर सत्य अर्कै रहेको खुल्न आएको छ।

आलिया र रणवीरको प्रेमको चर्चा चलिरहदा बास्तविकता भने अर्कै रहेछ। आलिया रणवीरसँग नभइ केविन मित्तलसँग डेट गरिरहेकी रहेकी छन्। केविन मित्तल अर्बपति व्यापारी सुनील मित्तलका छोरा हुन्। सुनिल मित्तल हाइक म्यासेन्जरका मालिक हुन्। 

आलिया र केविनको भेट वर्ल्ड इकोनोमिक फोरमको भेला चलिरहँदा अक्टोबरमा भएको थियो। यो भेटसँगै उनीहरु दुईबीचको सम्बन्ध प्रगाढ भएको बताइएको छ।

आलियालाई जब कुनै सहयोग चाँहिन्छ, तब सबैभन्दा पहिले केविन नै उपस्थित हुन्छन्। यो दोस्ती कहिले प्रेममा परिणत भयो आलिया आफैलाई पनि थाहा छैन्। अहिले दुबैजना आफ्नो प्रेमलाई सार्वजनिक गर्न चाहँदैनन्। 

अर्कोतर्फ रणवीर र आलियाको अफेयरले बलिउड तातेको छ। रणवीर पनि बजारमा चलेको यस्तो अफवाहबाट तनावमा छन्। भारतीय सञ्चारमाध्यमले दाबी गरेअनुसार करण जोहरले आफ्नो फिल्मको प्रमोशनको लागि आलिया र रणवीरको अफेयरको हल्ला चलाएका हुन्। रणवीरले करण र आलियालाई फ्यानलाई अफवाह नफैलाउन आग्रह पनि गरेका छन्। 

प्रकाशित: २६ माघ २०७४ १५:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App