८ वैशाख २०८१ शनिबार
खेल

एपिएफ अन्तिम आठमा

बललाई खोस्ने प्रयास गर्दै एपिएफ र जनजागृति युवा क्लबका खेलाडी ।

बारा – रन्जन विष्टको उत्कृष्ट प्रदर्शनको मद्दतले सशस्त्र प्रहरीको विभागीय टोली एपिएफले नवजनजागृती यूवा क्लब सिमरालाई २–० गोल अन्तरले हराउँदै क्वाटर फाईनलमा प्रवेश गरेको छ ।सिमरा रंगशालामा भएको खेलमा घरेलु टोली नजागृतीलाई पाखा लगाउँदै एपिएफले क्वाटर फाईनलमा त्रिभुवन आर्मी क्लबसंगको भेट पक्का गरेको हो ।

एपिएफको जितमा रवि थिङ र रञ्जन विष्टले समान एक–एक गोल गरे ।खेलको ७२ औं मिनटमा नविन लामाको क्रसमा रविले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए ।दोश्रो हाफको इन्जुरी समयमा रञ्जन विष्टले अर्को गोल गर्दै एपिएफलाई २–० को जित दिलाए । वन भर्सेस वनको स्थितीलाई सदुपयोग गर्दै रञ्जनले शानदार गोल गरे ।

बाराका स्थानीय खेलाडी सहभागि नवजनजागृतीले पहिलो हाफमा एपिएफलाई कडा टक्कर दिएपनि नवजनजागृतीले गोलको अवसर सृजना गर्न सकेन । एपिएफले खेल अवधिभर सिर्जना गरेका अवसरलाई सदुपयोग गर्न नसक्दा जितका लागि अन्तिम सम्म कडा संघर्ष गर्यो ।खेलको सातौं मिनटमा एपिएफका अञ्जन विष्टको पासमा रञ्जन विष्टले डिएरियाबाट गरेको प्रहार नवजनजागृतीका गोल रक्षक दिलमणी चौधरीले विफल पारे ।

खेलको १७ औं मिनटमा एपिएफका रञ्जन विष्टले अर्को अवसर गुमाए । नविन लामाको क्रसमा डिबक्स भित्रैबाट रञ्जनले गरेको शसक्त प्रहार पोष्ट नजिकबाट बाहिरीयो ।खेलको ४६ औं मिनटमा एपिएफका अञ्जन विष्टले पेनाल्टी अवसर गुमाए । नवजनजागृतीका डिफेण्डर लोकेन्द्रबहादुर कार्कीले अञ्जनलाई फल गरेपछि पाएको पेनाल्टी अवसरमा अञ्जन गोल गर्न चुके । अञ्जनको पेनाल्टी प्रहार पोष्ट नजिकबाट बाहिरीयो ।

निकै रोमाञ्चक खेलमा नवजनजागृतीले पनि केहि अवसर गुमाएको थियो । खेलको तेश्रो मिनटमा विवेक चौधरीले पेनाल्टी एरियामा पाएको अवसर खेर फाले । चतुर्धन चौधरीको पासमा विवेकले पेनाल्टी एरियामा पाएको अवसर सदुपयोग गर्न सकेनन् ।३१ औं मिनटमा विवेक चौधरीको क्रसमा पेनाल्टी एरियामा पाएको अर्को अवसर सागर चौधरीले खेर फाले । वन भर्सेस वनको स्थितीमा विवेकको क्रस बल सागरले सम्हाल्न नसक्दा एपिएफका गोल रक्षक राजु नगरकोटीले बचाउ गरे ।

खेलको ८९ औं मिनटमा नवजनजागृतीका विशान्त तामाङले बराबरी गोल गर्ने मौका गुमाएका थिए । सुनिल राउतको पासमा डि बक्स भित्रैबाट तामाङले गरेको प्रहार एफिएका गोलरक्षकले बचाए ।
खेलको म्यान अफ दि म्याच एपिएफका रञ्जन विष्ट घोषित भए । शनिवार सिमराको एनजेजेवाईसी ‘सेतो’ र मोरङ फुटवल क्लब विराटनगर विच क्वाटर फाईनल खेल हुने छ ।

प्रकाशित: २७ माघ २०७४ ०२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App