coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

टोटेनह्यामको जितमा केन नायक

लन्डन – स्ट्राइकर ह्यारी केनको गोलप्रेरित टोटेनह्यामले शनिबार इङ्लिस प्रिमियर लिगमा आर्सनललाई १–० ले पराजित गरेको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९औं मिनेटमा केनले गरेको गोलमा टोटेनह्यामले अग्रता लिएको थियो । केनले बेन डेभिसको पासलाई हेडमार्फत जाली चुमाएका थिए।

त्यसको ३ मिनेटपछि टोटेनह्यामले अग्रता दोब्बर पार्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । केनले इरिक डायसको पासमा गरेको हेड पोस्टनजिकैबाट बाहिरिएको थियो

५४औं मिनेटमा पनि केन चुक्दा टोटेनह्यामले अग्रता दोब्बर पार्ने अर्को मौका गुमाएको थियो । काइरेन ट्रिपरको पासमा आर्सनलको पेनाल्टी बक्समा अनमार्क रहेका केनले गरेको हेड पुनः पोस्टनजिकैबाट बाहिरिएको थियो।

यस जितपछि २७ खेलमा ५२ अंक जोडेको टोटेनह्याम लिभरपुल (५१) लाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ । समान खेलमा ४५ अंक जोडेको आर्सनल पाँचौं स्थानमा यथावत् छ।

 

 

 

प्रकाशित: २८ माघ २०७४ ०५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App