८ वैशाख २०८१ शनिबार
खेल

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको फराकिलो जित

लण्डन – म्यानचेस्टर सिटीले इङलिस प्रिमियर लिग फुटबलमा १६ अंकको स्पष्ट अग्रता कायम गरेको छ । शनिबार राति भएको खेलमा सिटीले लेष्टर सिटीलाई ५–१ को पराकिलो अन्तरले हरायो।

सिटीका लागि खेलको तेस्रो मिनेटमा रहिम स्टर्लीङ गोल गर्दै अग्रता दिलाएका थिए । सिटीका लागि थप ४ गोल सर्जियो अग्युइरोले गरेका थिए । उनले खेलको ४८, ५३, ७७ र ९० मिनेटमा गोल गरे । पराजित टोलीका लागि खेलको खेलको २४ औं मिनेटमा जेमी भार्डीले गोल गरेका थिए।

जितपछि २७ खेलबाट ७२ अंक जोडेको सिटी शिर्ष स्थानमा यथावत छ । पराजित लेष्टर सिटीभने ३५ अंकका साथ आठौं स्थानमा छ।
यस्तै प्रिमियर लिग अन्तर्गत रातिनै भएका अन्य खेलमा  एभर्टनले क्रिष्टल प्यालेसलाई ३–१,  वेष्टह्याम युनाईटेडले वाट्फोर्डलाई २–० ले तथा स्वान्सी सिटीले बर्नलेलाई १–० ले पराजित गर्दा स्टोक सिटी र ब्राईटनले भने १–१ गोलको बराबरी खेलेका छन्।
 

प्रकाशित: २८ माघ २०७४ ०५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App