८ वैशाख २०८१ शनिबार
खेल

वर्षाका कारण नेपाल र युएईको खेल अझै सुरु भएन

काठमाडौं –  आइसिसी विश्व क्रिकेट लिग डिभिजन– २ अन्तर्गत आइतबार (आज) हुने भनिएको नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाका कारण निर्धारित बितिसक्दा पनि सुरु हुन सकेको छैन।

नामिबियामा जारी उक्त प्रतियोगिताको खेल नेपाली समयानुसार १ बजेर १५ मिनेटमा शुरु गर्ने भनिएको थियो । दुवै टोलीका लागि आजको खेल निकै महत्वपूर्ण छ । डिभिजन–२ का शीर्ष दुई स्थानमा रहनका लागि दुवै टोलीलाई खेल जित्नै पर्ने दवाव छ।

दुवै टोलीले दुई दुई अंक जाडेका छन् । यसअघि दुई दुई खेल खेलेका दुवै देशले एक खेलमा जीत तथा एक खेलमा हार बेहोरी समान अङ्क छ । नेपालले यसअघि पहिलो खेलमा आयोजक नामिवियालाई १ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमनसँग ६ विकेटले हार ब्यहोरेको थियो । त्यस्तै युएईले केन्यालाई पराजित गरेको थियो भने क्यानडासँग हार बेहोरेको थियो थियो। 

प्रकाशित: २८ माघ २०७४ ०९:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App