८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

दुई कोरियाबीच सम्बन्ध सुधारको अपेक्षा

दक्षिण कोरिया – शीतकालीन ओलम्पिक खेलको उद्घाटनका लागि दक्षिण कोरिया पुगेको उत्तर कोरियाको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डललाई स्वागतका लागि दक्षिण कोरियाका राष्ट्रिय एकतामन्त्री विमानस्थल पुगे। उहाँको यो स्वागत कार्यक्रमको सबैजसो सञ्चारमाध्यमहरुले समाचार दिए र यहाँका टिभीहरुले त्यसको फुटेज पनि देखाए।

शुक्रबार उद्घाटन भएको शीतकालीन ओलम्पिक खेलको उद्घाटन समारोहमा उत्तर कोरियाका तर्फबाट संसद प्रमुख किम योङ नामले उपस्थिति जनाए।

उक्त प्रतिनिधिमण्डलमा उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी पनि सहभागि रहेकी छिन्। उनी कोरियाली सत्तारुढ वर्कस पार्टीको केन्द्रीय समितिको उपनिर्देशक हुन्।

उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डलले शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग भेट गरेको छ। यस भेटलाई दुवै देशका मिडियाले प्रचार गरेका छन्।

यो भेट सन् २००९ पछि उत्तर कोरियाको तर्फबाट भएको उच्चस्तरको पहिलो भेट हो। अमेरिकासँग हुने भनेको भेटको बारेमा भने पहिले नै अस्वीकार गरेको उत्तर कोरियाले उच्च स्तरिय सरकारी प्रतिनीधिमण्डलको भेटको बारेमा पनि केहि बताएको थिएन।

भेटका क्रममा दक्षिण कोरियाली राष्ट्रपतिलाई उत्तर कोरियाली राष्ट्रपतिका तर्फबाट किमकी बहिनीले उत्तर कोरियाको भ्रमणको लागि निमन्त्रणा दिइन्। दक्षिणका राष्ट्रपति इनले उत्तरको भ्रमण गर्ने, नगर्ने वा कहिले गर्ने भन्ने बारेमा कुनै प्रतिक्रिया दिएकी छैनन्। तर पनि आजसम्म शत्रुतापूर्ण अवस्थामा रहेका यी दुई देशका बीचमा राष्ट्रपतिस्तरको भ्रमणका लागि आमन्त्रण गर्नुले सम्बन्ध सुधारको अपेक्षा गर्न सकिने सञ्चारमाध्यमहरुले बताए।

आइतबारसम्म दक्षिण कोरियामै रहने उक्त प्रतिनिधिमण्डलका नेता नामले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेससँग पनि गत शुक्रबारै संक्षिप्त भेट गरे।

संयुक्त राष्ट्रसंघका उपप्रवक्ता फराहन हकले उक्त भेटवार्तामा कुनै कुराकानी नभएको भए पनि यो भेटलाई महत्वपूर्ण भनेका छन्। रासस/सिन्ह्वा
 

प्रकाशित: २८ माघ २०७४ १०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App