७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाल र युएइको खेल सुरु, युएइको पहिलो विकेट गयो

नामिबिया – नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को आफ्नो तेस्रो खेलमा नेपाल र युएईको खेल सुरु भएको छ। अहिले नेपालले टस जितेर फिल्डिङ रोजेपछि युएइलाई ब्याटिङको निम्ता दिएको छ।

खेलको पहिलो ओभरमै नेपाललाई सफलता मिलेको छ । नेपालका बलर सोमपाल कामीले १ विकेट हात पारेका छन्। ताजा अवस्थामा युएइले २ ओभरमा १ विकेट गुमाउदै ६ रन बनाएकाे छ।

वर्षा बाधक बनेका कारण १ः१५ मा सुरुहुनुपर्ने खेल खेल ३ घण्टा ठिलो सुरु भएको हो।

बर्षाका कारण खेल ३४ ओभरमा छोट्याइएको छ। अघिल्ला दुई खेलमध्ये एकमा जित र एकमा हार ब्यहोरेको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ।

प्रकाशित: २८ माघ २०७४ १०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App