८ वैशाख २०८१ शनिबार
खेल

बालुवाटार र त्रिमूर्तिको जित

काठमाडौं – बालुवाटार क्रिकेट क्लब र त्रिमूर्ति ब्वाइजले दोस्रो खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा आइतबार जित हात पारेका छन् ।मूलपानी क्रिकेट मैदानमा सम्पन्न समूह ‘बी’ को विजेताका लागि भएको खेलमा बाटुवाटारले रोयल पिसी फाइटर्सलाई ६ विकेटले पराजित गरेको हो ।

दुवै टोली यसअघि नै क्वार्टरफाइनल प्रवेश गरिसकेका थिए ।रोयलले प्रस्तुत गरेको १ सय ५९ रनको लक्ष्य बालुवाटारले १८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।बालुवाटारका ओपनर प्रनित थापा मगरले ४८ र अमरसिंह रौटेलाले ३० रनको योगदान दिए ।यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको रोयलले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५८ रनको योगफल खडा गरेको थियो ।

रोयलका ओपनर रविन जोशीले ६४ र सन्दीप सुनारले ३२ रन जोडे ।यस जितपछि लिगका ४ वटै खेलमा जित्दै १२ अंक जोडेको बालुवाटार समूहविजेता बन्दा हारका बावजुद ९ अंक जोडेको रोयल उपविजेता बन्यो ।आइतबार सम्पन्न समूह ‘बी’ को अर्कों खेलमा त्रिमूर्तिले आइओई पुलचोकलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको पहिलो जित हात पार्यो ।आइओईले दिएको १ सय ७१ रनको लक्ष्य त्रिमूर्तिले खेल सकिन दुई बलअगावै ५ विकेटको क्षतिमा पूरा गरेको थियो ।

त्रिमूर्तिका जीवन लम्सालले अविजित १ सय ३१ रन जोडे । ७८ बल खेलेका जीवनले १३ चौका र ४ छक्का प्रहार गरे ।यसअघि टस जितेर ब्याटिङ रोजेको आइओईले गौरव खड्काको अविजित १ सय  १६ रनको मद्दतमा निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७० रनको योगफल तयार पारेको थियो ।

 

प्रकाशित: २९ माघ २०७४ ०१:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App