७ वैशाख २०८१ शुक्रबार
खेल

अन्तर्राष्ट्रिय रेस्लिङ हुने

काठमाडौं– नेपाल रिङ रेस्लिङ संघको आयोजन तथा डिस होम मिडिया नेटवर्क लिमिटेडको सहकार्यमा फागुन १८ गते आरएम संग्राम अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ ।पोखरा रंगशाला परिसरमा होलीको अवसरमा हुने प्रतियोगितामा आयोजक नेपाल, भारत, अमेरिका र रूस गरी ४ राष्ट्रको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालका तर्फबाट नुवाकोटे टाइगर, ठाकु, डेभिड साइले, ब्लेड भिलेन, राम, रावण, टुप्पी ग्याङ, अमेरिकाका प्रोरेस्लर गेमर, भारतका माक्सम्यान, ड्यानी, आर डी एक्स, ज्याक्सन र नीलले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै महिलातर्फ नेपाली दिलासाले रूसकी मोफिस्तोकाको सामना गर्नेछिन् ।


                                                                       

प्रकाशित: २९ माघ २०७४ ०१:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App