८ वैशाख २०८१ शनिबार
कला

खोटाङ आइडलमा टप टेन छानिए

खोटाङ आइडलका टप टेनमा पर्न सफल प्रतियोगीहरु । तस्बिर : नागरिक

खोटाङ – खोटाङ आइडलका लागि १० प्रतियोगी छानिएका छन् । अघिल्लो चरणमा रहेका १७ प्रतियोगीमध्ये दिक्तेलको समीक्षालय हलमा शनिबार साँझ सम्पन्न प्रतियोगिताबाट ७ प्रतियोगी बाहिरिएका छन् ।

खोटाङ आइडलको उपाधिका लागि रुपाकोटकी अमिता राई, बुईपाका राजन गिरी, खार्मीका केदार अनुरागी र उमेश राई,  बाम्राङकी सिर्जना राई, खार्ताम्छाका सुमन राई र तेज राई, सिम्पानीकी दीपा राई, साकेलाकी सुजता परियार र दिप्रुङका रोहित राई छानिएको आयोजक आयोजक परिवर्तन नेपालले जनाएको छ । लुकेर रहेका प्रतिभाको पहिचान एवं सम्बद्र्धन गर्ने उद्धेश्यकासाथ नेपाल आइडलको चर्चा सेलाउन नपाउँदै थालिएको खोटाङ आइडलको छैठौं चरण फागुन दोश्रो साता दिक्तेलमै सञ्चालन गरिने आयोजक समितिका संयोजक जीवनकुमार राईले बताए ।

चौथो चरणपछि निर्णायकको ७० प्रतिशत र दर्शकको ३० प्रतिशत भोटिङका आधारमा निर्णयमा पुग्ने प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने प्रतिभालाई नगद ५४ हजार ५सय ७४ का साथमा ६ महिना संगीत विद्यालयमा अध्ययनको अवसर, एउटा गीत रेकर्डको व्यवस्था तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै, दोश्रो हुने प्रतिभाले नगद २४ हजार ५ सय ७४ का साथमा ३ महिना संगीत अध्ययन र एउटा गीत रेकर्ड, तथा तेश्रो हुने प्रतिभालाई नगद १० हजार ५ सय ७४ का साथमा एक महिना संगीत अध्ययन र एउटा गीत रेकर्डको अवसर प्रदान गरिने संयोजक राईले बताए । यस्तै, बेस्ट भोकलले नगद २ हजार ५सय ७४ का साथमा प्रमाणपत्र प्राप्त गर्ने छन् । बेलायत, मलेसिया र कतारमा रहेका आफन्तबाट प्राप्त हुने नगदबाट विजेतालाई पुरस्कारको व्यवस्था गरिएको छ ।

गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाको पहिचान, सम्द्र्र्धन र प्रोत्साहित गर्ने उद्धेश्यकासाथ सर्वाधिक राशिको खोटाङ आइडल सुरु गरिएको संयोजक राईले बताए । ‘मोफसलमा लुकेका कलाको खोज एवं अवसरबाट वञ्चित नवप्रतिभाको प्रोत्साहनका लागि आइडल सुरु गरेका हौँ,’ संयोजक राईले भने, ‘आइडलमा नवप्रतिभाको उल्लासमय सहभागिता रहेको पाएका छौँ ।’

‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने नारासहित मंसिर २३ गते साकेला गाउँपालिकाको रतन्छाबाट सुरु गरिएको पहिलो अडिसन पुस १८ गते दिक्तेलमा आएर टुंगिएको थियो । जिल्लाका आठ गाउँपालिका र दुई नगरपालिकाका ११ स्थानमा सञ्चालन गरिएको खोटाङ आइडलको पहिलो अडिसनबाट १ सय ६७ प्रतियोगी छानिएका थिए ।

 

 

प्रकाशित: २९ माघ २०७४ ०३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App