८ वैशाख २०८१ शनिबार
खेल

नेपालले केन्याका ८ विकेट लियो

काठमाडौं – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत चौथो खेलमा नेपालले केन्याविरुद्ध खेलिरहेको छ।

४५ ओभरको खेलमा नेपालले ८ विकेट लिएको छ। ४४ औं ओभरको समाप्तीमा सन्दिप लामिछानेले केन्याका एनएन ओडियाम्बोलाई आउट गर्दै ८ औं विकेट लिएका छन्। 

४३ ओभरमा शरद भेषवाकरले गुरदिन सिंह केन्याको ७ औं विकेट गिराए। ४२ ओभरको समाप्तीमा सोमपाल कामीले छँठौ विकेट लिदै सिओ ओबुयालाई आउट गरे। 

.......

यसअघि सन्दिप लामिछानेले ३३ औं ओभरमा लगातार केन्याका २ विकेट झारे। ३२ औं ओभरमा बसन्त रेग्मीले १ विकेट लिए। १६ र १८.४ ओभरमा सुरुवाती २ विकेट लिएका सन्दिपले ४५ औं ओभरमा व्यक्तिगत ५ विकेट पुगाएका छन्।

सन्दिपले ३३ औं ओभरमा आरआर पटेल र आर्यन पटेललाई आउट गरेका हुन्। ३२ औं ओभरमा बसन्त रेग्मीले आइए करिमलाई आउट गरे।

.......

नामिबियाको पार्क एफिज मैदानमा १६ ओभरको खेल सकिँदा केन्याका एए ओवान्डालाई आउट गरेका सन्दिपले १८.४ ओभरमा डिएम गोन्डारियालाई आउट गरेर दोस्रो विकेट झारे। 

टस जितेर फिल्डिङ रोजेको नेपालले केन्यालाई ब्याटिङको निम्ता दिएको हो। अघिल्ला तीन खेलमध्ये दुईमा जित र एकमा हार ब्यहोरेको नेपाल ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ। 

तिनवटै खेलमा जित निकालेको क्यानडा ६ अङ्क जोड्दै पहिलो स्थानमा छ भने तेस्रोमा युएई, चौथोमा नामिबिया, पाँचौमा ओमान तथा पुछारमा कुनैपनि खेलमा जित निकाल्न नसकेको केन्या रहेको छ। शीर्ष दुई स्थानमा रहने टोलीले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता तथा इन्टरकन्टिनेन्टल कप खेल्न पाउनेछन्। 

आजको खेलबाट राष्ट्रिय क्रिकेट टोलीका सदस्य अनिलकुमार शाहले आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा डेब्यु गरेका छन्।

प्रकाशित: २९ माघ २०७४ ०८:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App