८ वैशाख २०८१ शनिबार
खेल

मोहन बगानमा विमलको तेस्रो खेल

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका खेलाडी विमल घर्तीमगर सम्मिलित मोहन बगान क्लब र गोकुलमबीचको खेल जारी छ। भारतमा जारी आइ लिगमा मोहन बगानको तर्फबाट खेल्न लागेको यो उनको तेस्रो खेल हो। 

मोहन बगान १३ खेलमा २१ अङ्क जोड्दै चौथो स्थानमा रहेको छ। भने नेपाली राष्ट्रिय टोलीका गोल किप्पर किरण चेमजोङ आबद्ध टोली मिर्नेभा २९ अङ्कसहित शीर्ष स्थानमा रहेको छ। १२ खेलमा गोकुलम १० अङ्क जोड्दै लिगको पुछारमा छ। 

सिलोङ लाजोङसँगको खेलमा इन्जुरी समयमा मैदान छिरेका विमल चेन्नई सिटिसँगको खेलमा पनि ३४ औं मिनेटमा मैदान छिरेका थिए। उनले आइ लिगमा खासै प्रभाव जमाउन नसकेको अवस्थामा आजको खेलमा उनको प्रदर्शनले कस्तो प्रभाव पार्नेछ त्यो भने हेर्न बाँकी छ। 

प्रकाशित: २९ माघ २०७४ १०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App