८ वैशाख २०८१ शनिबार
खेल

नेपाललाई केन्याले दियो १७८ रनको चुनौती

काठमाडौं – आइसीसी विश्व क्रिकेट लिगमा केन्याले नेपालसामु १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा जारी खेलमा नेपालले केन्याको सामना गरिरहेको छ। टस जितेर फिल्डिङ रोजेको नेपालले केन्यालाई व्याटिङको निम्तो दिएको थियो। कुल ५० ओभरको खेल खेलेको केन्याले खराब शुरुवात गरेको थियो तर क्रमात्मक लय समात्दै ८ विकेटको क्षतिमा १७७ रन बटुल्न सफल भयो।

केन्याका लागि आए करिमले ४२, एए ओबाण्डाले ४१, को ओब्युले २७, एनएम ओडिम्बोले २४, सो नोग्चेले २३ रन बनाए। नेपालका सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट लिए। सोमपाल कामी, बसन्त रेग्मी र शरद भेष्वाकरले समान १–१ विकेट लिए।

विश्व क्रिकेट लिगको डिभिजन टु मा अघिल्ला तीन खेलमध्ये दुईमा जित र एकमा हार ब्यहोरेको नेपाल ४ अङ्क सहित तालिकाको दोस्रो स्थानमा छ। तीनवटै खेलमा जित निकालेको क्यानडा ६ अङ्क जोड्दै खेलको पहिलो स्थानमा छ। तेस्रोमा युएइ, चौथोमा नामिबिया, पाँचौमा ओमान तथा पुछारमा कुनैपनि खेलमा जित निकाल्न नसकेको केन्या रहेको छ।

प्रतियोगिताका शीर्ष दुई  टोलीले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता तथा इन्टरकन्टिनेन्टल कप खेल्न पाउनेछन्। 

प्रकाशित: २९ माघ २०७४ १०:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App