८ वैशाख २०८१ शनिबार
खेल

पारस खड्का आउट, अर्धशतक बनाउन चुके

काठमाडौं – आइसीसी विश्व क्रिकेट लिगमा केन्याविरुद्ध १७८ रनको चुनौती पछ्याइ रहेको नेपालले ५ विकेट गुमाएको छ। कप्तान पारस खड्का ४२ रन बनाएर चौथो र शरद भेष्वाकर १९ रन बनाएर पाँचौ विकेटका रुपमा आउट आउट भएका छन्। 

६७ बल खेलेका कप्तान खड्काले ४ चौका र २ छक्का प्रहार गरे। पारसले आइतबार यूएई विरुद्धको खेलमा अर्धशतक बनाएका थिए। आजको खेलमा भने उनी अर्धशतक बनाउन चुके। 

यसअघि नेपालका अनिल कुमार शाह, उपकप्तान ज्ञानेद्र मल्ल र दिपेन्द्र सिंह ऐरी आउट भएका छन्। 

प्रकाशित: २९ माघ २०७४ १३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App