८ वैशाख २०८१ शनिबार
खेल

सिमरा गोल्डकप : थ्री स्टार सेमीफाइनलमा

बारा – रुस्लान थ्री स्टार सिमरा गोल्डकपको सेमीफाइनलमा प्रबेश गरेको छ। सिमरा रङ्गशालामा भएको खेलमा थ्री स्टारले सुदूर पश्चिमलाई ४–२ गोलले हराएको हो। निर्धारित समयमा दुबै टोलीले १–१ गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

खेलको ४३औं मिनेटमा थ्री स्टारका विस्वास श्रेष्ठले पहिलो गोल गरेका थिए भने ८७ औं मिनेटमा सुदूरपश्चिमका मनिराम चौधरीले गोल फर्काएर गोल बराबरी गरेका थिए। थ्री स्टारका एलान न्यौपाने म्यान अफ दि म्याच घोषित भए। 

आइतबार सम्पन्न खेलमा त्रिभुवन आर्मीले सशस्त्र प्रहरी बललाई ४–० गोलले हराउँदै नवौं सिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरिसकेको छ।

प्रकाशित: २९ माघ २०७४ १३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App