७ वैशाख २०८१ शुक्रबार
कला

‘हाउस अफ कार्ड’ अभिनेता रेगएको निधन

न्युयोर्क - ‘हाउस अफ कार्ड’ अभिनेता रेगए काठेको निधन भएको छ। काठे ‘हाउस अफ कार्ड’ र ‘द वायर’मा गरेको अभिनयका कारण चर्चामा थिए। क्यान्सर रोगले थलिएका काठेको ५९ वर्षको उमेरमा न्युयोर्कस्थित आफ्नै घरमा निधन भएको हो।  

उनले फिल्म ‘हाउस अफ कार्ड’मा रिव स्याक विजेता फ्रेडी हायसको रोल गरेर इम्मी अवार्ड हात पारेका थिए। अभिनेता साम्युल एल ज्याक्सनले उनलाई प्रतिभाशाली कलाकार बताएका छन्। 

अमेरिकी भर्सनमा हाउस अफ कार्ड बनाउने व्यु विलियमले भनेका छन्, ‘उनी आफ्नो जीवनका सारा उर्जाहरु आफ्नो कलाकारिताका लागि समपर्ण गरेका छन्। म भाग्यमानी रहेछु जसले उनलाई चिन्ने मौका पाए, काम गर्ने अवसर पाए। उनलाई हामी सदा सम्झिरहने छौ।’ 

उनको मृत्युमा हलिउडका विभिन्न कलाकारहरुले श्राद्धान्जली व्यक्त गरेका छन्। रेगएले आफ्नो कलाकारिताको शुरुवात १९८४ मा टेलिफिल्म ‘डक्टरर्स स्टोरी’बाट गरेका थिए। 

प्रकाशित: २९ माघ २०७४ १३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App