८ वैशाख २०८१ शनिबार
खेल

नवज्योतिलाई उपाधि

काठमाडौं – नवज्योति स्कुल, कोटेश्वरले सोमबार केब्स कप अन्तरस्कुल ३ बाई ३ बास्केटबल छात्रतर्फको उपाधि उचालेको छ । कुमारी एकेडेमीको प्रांगणमा भएको फाइनलमा नवज्योतिले आयोजक कुमारीलाई १४–१२ ले पराजित गर्दै उपाधि चुम्यो । नवज्योतिका खेलाडी अभिषेक सिंह उत्कृष्ट खेलाडी चुनिए।

त्यस्तै छात्रातर्फको उपाधि भने युनिभर्सल स्कुलले हात पा¥यो ।  युनिभर्सलले बाबा बोर्डिङलाई ९–८ को झीनो अन्तरले हराउँदै उपाधि हात पारेको हो ।  छात्रातर्फ संगीता फुयाल उत्कृष्ट खेलाडी भइन्।  

त्यसै गरी, जुनियर ब्वाइजको उपाधि भने बाबा बोर्डिङले कब्जा ग¥यो ।  जान्लिङ शेर्पाको उत्कृष्ट प्रदर्शनमा बाबा बोर्डिङले नवज्योतिमाथि १०–८ को जित निकाल्यो । जान्लिङ उत्कृष्ट खेलाडी चुनिए । काठमाडौँमा जारी यस प्रतियोगितामा कुल ३१ टोली सहभागी थिए।  
 

प्रकाशित: १ फाल्गुन २०७४ ०१:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App