coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

अायाे बबिनाको ‘मर्निङ द बिगिनिङ’

गिती एल्बम ‘मर्निङ द बिगिनिङ’ विमोचनकाक्रममा गायीका बबिना किराती (बीचमा) लगायत । तस्बिर : फेसबुक

खोटाङ – खोटाङकी गायीका बबिना राईको पहिलो गिती एल्बम ‘मर्निङ द बिगिनिङ’ बजारमा आएको छ । नेपाली सांगीतिक क्षेत्रमा भविष्य खोज्दै संघर्षरत बबिनाको ७ वटा गीत समावेश पहिलो एल्बम बिहिबार साँझ सार्वजनिक गरिएको हो ।

एनटिभी प्लसबाट प्रत्यक्ष प्रसारण हुँदैआएको सांगीतिक कार्यक्रम झंकार लाइभ शोमार्फत बबिनाको डेब्यू एल्बम सार्वजनिक गरिएको । बिन्धवासिनि म्यूजिक कम्पनीले बजारमा ल्याएको एल्बम एनटिभि प्लसको लाईभ शोकैबीचमा संगीतकर्मी पारस मुकारुङले बिमोचन गरेका हुन् ।

संगीतकार डिआर अटुको एकल संगीत रहेको एल्बममा ‘माथि–माथि हिमाली भेगमा, साईला, टाढा थिएँ, मुटुभित्र, बिन्दास, शुन्या भाछ र भुर–भुर,’ बोलको गीत समाबेश छ । एल्बममा गणेश पौडेल, छविशित कुलुङ, यल्जी विवश, धरती कल्पना, सुरेन्द्र कार्की र मिलन किरातीको शब्द तथा राजु कार्की, अमोस तामाङ, पुष्कर सुनुवार र महाराज थापाको संगीत संयोजन रहेको छ ।

बिमोचन कार्यक्रममा एनटिभि प्लसबाट एल्बमभित्रको ‘माथि–माथि हिमाली भेगमा’ बोलको भिडियो गीत प्रशारण गरिएको थियो । लमजुङको घले गाउँमा छायांकन गरिएको सो भिडियो शुक्रबार बिन्धवासिनि म्यूजिक कम्पनीले आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको छ । नेपाली साहित्य समाज दक्षिण कोरियाको दोश्रो प्रस्तुतीकारुपमा बबिनाको एल्बम बजारमा आएको हो ।

हालसम्म ३० वटाभन्दा बढि गीतमा स्वर दिइसकेकी बबिनाले भारतको ईलाहाबादबाट पाँच वर्षको अध्ययनपछि संगीतमा डिप्लोमा उत्तिर्ण गरेकी छन् । छोटो समयमै सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल बबिना साहित्यकार जसराज किरातीकी छोरी हुन् । रुपाकोट मझुवागढी नगरपालिका–१५ बुईपाकी बबिना मास्टर्सकी विद्यार्थी पनि हुन् ।  

 

प्रकाशित: १ फाल्गुन २०७४ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App