६ वैशाख २०८१ बिहीबार
अर्थ

सामसङ मोबाइल एक्सचेन्ज मेला

काठमाडौं – तपाईंसँग पुरानो मोबाइल छ । कि, पुरानो मोबाइल बिक्री गरेर नयाँ किन्ने सोचमा हुनुहुन्छ । यसो हो भने, सामसङले उपत्यकाको सात ठाउँमा नयाँ मोबाइल किन्ने योजना ल्याएको छ । यस अन्तर्गत सर्वसाधारणले पुरानो मोबाइल साटेर नयाँ मोबाइल सजिलै किन सक्नेछन्।

हिम इलेक्ट्रोनिक्स प्रालि अन्तर्गत सञ्चालित विभिन्न सात सामसङ प्लाजामा पुरानोबाट नयाँ मोबाइल साट्न सक्ने योजना ल्याएको हो । माघ २५ देखि उक्त प्लाजाहरुमा मोबाइल एक्सचेन्ज मेला भइरहेको छ । दरबारमार्गस्थित सामसङ प्लाजामा मोबाइल एक्सचेन्ज मेलामा आएका एक ग्राहकले पुराना मोबाइल साट्नपर्ने अवस्था आएकालाई सामसङको नयाँ टेक्नोलोजीको स्मार्टफोन किन्ने अवसर दिएको बताए।

अहिले सामसाङ प्लाजा दरबारमार्ग, महाराजगन्ज, सिभिल मल, सूर्यविनायक, नयाँ बजार, चुच्चेपाटी र कोपुन्डोलमा मोबाइल एक्सचेन्ज मेला लागिरहेको छ । यो मेला फागुन ६ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।
मेलामा कुनै पनि ब्रान्डका पुरानो मोबाइलसँग सामसङका नयाँ र आधुनिक प्रविधिको स्मार्टफोन साट्न सकिनेछ । आइतबारसम्ममा दुई हजारभन्दा बढी मोबाइल सेटहरु एक्सचेन्ज भइसकेको हिम इलेक्ट्रोनिक्सका निर्देशक सिमा गोल्छाले बताइन्।

उनका अनुसार यो मेला उपत्यकाको ग्राहकको अपेक्षा केन्द्रित छ । हिम इलेक्ट्रोनिक्सका निर्देशक गोल्छाले विभिन्न सन्दर्भममा ग्राहकको आवश्यकता अनुसार यस्तो मेला आयोजना गर्ने गरेको बताइन् । ‘यो एउटा यस्तो  अवसर हो, जहाँ कुनै पनि ब्रान्डको पुराना मोबाइल सेटलाई नयाँ सामसङको स्मार्टफोनसँग एक्सचेन्ज गर्न सक्नुहुनेछ,’ उनले भनिन्, ‘मलाई आशा छ, यो एक्सचेन्ज मेलाले हाम्रा ग्राहकलाई खुसी दिनेछ।’

 

प्रकाशित: १ फाल्गुन २०७४ ०२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App