सेना दिवस

सेनाको नेपाल – साइनो

मङ्गलबार, ०१ फागुन २०७४, ०९ : ४१ राजेन्द्र थापा


नेपाली सेनाको स्थायी सांगठनिक आयु २५५ वर्ष पुगेको देखिन्छ।

सत्तामुखी इतिहासकारबाट कि शाहका कथा नेपालको इतिहास बनेका छन्, कि राणाका कथाहरू, कि दलका । सेनाको कथा कतै छैन, किनभने सेनाको कथा भनेको गाउँगाउँका जनताको कथा हो । जनताको कथालाई सामन्तवादले देशको कथा मान्दैन।

आधुनिक नेपालको स्थापनादेखि आजका दिनसम्म नेपालमा अनेक संस्था, सत्ता, शक्ति, शासन प्रणाली, व्यवस्था आदिको जन्म, उत्थान तथा अन्त्य हुने क्रम निरन्तर छ । विभिन्न खाले राजनीतिक भुइँचालाहरूबीच नेपाली सेना सदैव कायम रह्यो । सत्तामुखी इतिहासकारबाट कि शाहका कथा नेपालको इतिहास बनेका छन्, कि राणाका कथाहरू, कि दलका । सेनाको कथा कतै छैन, किनभने सेनाको कथा भनेको गाउँगाउँका जनताको कथा हो । जनताको कथालाई सामन्तवादले देशको कथा मान्दैन । सामन्तवादले राजा, राणा र दलको आवरण बदलिरहने मात्र हो । यी तत्वलाई आफू सत्तामा रहँदा यही सेना आँखा र बाहिर निक्लेपछि कसिंगर।

सैनिक संगठनको प्रारम्भ खोज्दा संगठितरूपमा स्थायी सेना भने आधुनिक नेपालको स्थापनाको प्रारम्भबाट मात्रै हुन थालेको हो । साधारणतया युद्धकालमा मात्र गाउँघरका युवाहरू बटुलेर तालिम दिई युद्ध गर्ने र सकिएपछि घर फर्केर खेतिपातीमा साबिक संलग्न हुने चलन नेपालका हरेक राज्यहरूमा थियो । तात्कालिक नेपालमा जमिन राजाको निजी मानिन्थ्यो । जमिन निजी भएकै कारण उपत्यका बारम्बार अंशबन्डामा पथ्र्याे । तर पछि उपत्यकामा राजा भएका बेला पृथ्वीनारायणले नै जमिन जनताको हो, राजाको होइन भनी भाइलाई अंश नदिएका हुन् । त्यही बेलादेखि जमिन जनताको अर्थात् सार्वभौमसत्ता जनताको हुन पुगेको सत्य हो । जनताहरू जुनसुकै राज्यमा गएर बस्ने तथा सेनामा या युद्धमा सरिक हुने कारण पृथ्वीनारायणको सेनामा हर विजयपश्चात् त्यहीँका स्थानीय युवाहरू तात्कालिक युद्धका लागि सरिक हुँदै गएकाले नै उक्त सेनामा सबै स्थानका जनहरूको सहभागिता बढेर सानु गोर्खा विशाल नेपालमा परिणत हुन सहज बनेको हो । र त्यही समयदेखि आजसम्म नै यो सेनामा हर क्षेत्र र हर जातका युवाहरूको सामूहिकता कायम छ ।

स्थापनादेखि नै समावेशी रहेको कारणले नै यो सेना यत्रो समय झन्झन् दह्रो रहिरहन सकेको हो । हुन त युद्धको अनुभवका आधारमा एकीकरणको बेला स्वयं पृथ्वीले क्षत्री, मगर र गुरुङहरू बढी संख्यामा रहेमा युद्ध जित्न सहज भन्ने मनसाय प्रकट गरे पनि ठूलै संख्यामा दलित तथा ठकुरी र ब्राह्मणहरू पनि प्रारम्भिक चरणमै गोर्खा झण्डामुनि थिए । वास्तवमा तिनै जातिहरू नै त्यही क्षेत्रमा भएका कारण सेनामा तिनै हुनु स्वाभाविकै भयो । पहिलो सेनानायक विराज थापा (बखती) मगर १८९० देखि १८९१ थिए, भने दोस्रा महेश्वर पन्त तथा तेस्रा कालु (राज) पाँडे (ब्राह्मण) भन्ने प्रमाण हाल चलिरहेको सैनिक प्रदर्शनीमा देखिन्छ । पछि राज्य पूर्वसम्म पुग्दै जाँदा नगरकोटी (नेवार), तामाङ, किरात आदि पनि सेनामा भर्ती हुँदै गएको देखिन्छ । हालको समयसम्म आउँदा त थारू, मधेसी, भोटे, शेर्पा, थकालीलगायत सकल जातको एक मात्र संगठन बन्न पुगेको छ यो सेना । पृथ्वीनारायणको एकीकरण यज्ञदेखि हालसम्मको देश सुरक्षामा हर जातिको समिधा परेको एक दृष्टान्तका लागि मात्र यो प्रसंग निकालेको हुँ।

अब सेनाको इतिहास र विकासको छोटो बयानको क्रममा १८०१ असोज १५ मा भएको नुवाकोटको सफलतालाई नै आधुनिक नेपालको एकीकरण र सेनासमेतको प्रारम्भको पहिलो कोशेढुंगा मान्नुपर्छ । यही सफलतापछि नै लखनउबाट तीन मुस्लिम सैन्य उस्तादहरू झिकाएर नुवाकोटमै आधुनिक सैन्य तालिमको प्रारम्भ भएको थियो । साथै यही समयदेखि लडाकुहरूलाई घर फिर्ता नगरी लगातार युद्ध लड्ने कार्यका कारण उपत्यका आसपास विशेष गरी पूर्वएक नम्बर र दुई नम्बरमा जितका साथै स्थानीय जनताको समावेशिताबाट सैन्य शक्ति बढ्दै गएको थियो । यसकै कारण १७ वर्षपछि मल्ल राज्यबाहिरको सेन राज्यको मकवानपुरमा विसं १८१९ भदौमा झण्डा गाडी पहिलोपटक सिमाना तराई पुग्न सफल यो सेनालाई स्थायी संगठनका रूपमा परिणत गर्नु आवश्यक ठानियो । तत्कालै असोजमै नेपालकै इतिहासमा पहिलोपटक पल्टन अवधारणामा श्रीनाथ कम्पनी, कालीबक्स कम्पनी, वर्दवानी कम्पनी र सबुज कम्पनी स्थापना भए । यसरी नै आधुनिक नेपालको आधुनिक नेपाली सेनाको स्थायी संगठनात्मक स्वरूपको औपचारिक स्थापना गरियो । त्यस हिसाबले अहिले यो नेपाली सेनाको स्थायी सांगठनिक आयु २५५ वर्ष पुगेको देखिन्छ।

स्थायी कम्पनी खडा भएको चार महिना नपुग्दै माघमा सेन राजाको आग्रहमा आएको बंगालका नवावका बलियो र तोपधारी सेनाको आक्रमणलाई यस सेनाले ध्वस्त मात्र पारेन, बरू दुई तोप र ५०० भन्दा बढी बन्दुक खोसेर लिई आफ्नो सेनालाई पहिलोपटक ठूला संख्यामा बन्दुकधारी बनायो । हुन त द्रव्य शाहकै समय तोप बनाइएकोे र गोरखामै पे्रmन्चहरू ल्याएर बारुद बन्दुक आदिको निर्माण भइसकेका कुरा पनि छन्।

युद्ध जितेको एक महिनामै पाँचौँ अर्थात् गोरख कम्पनीको थापना गरियो । यो सेना १८२२ मा कीर्तिपुर पुगेपछि भने राजा जयप्रकाश मल्लको आग्रहमा आई सिन्धुली कब्जा गरी उपत्यका बढ्ने तयारीको क्याप्टेन किनलक नेतृत्वको ब्रिटिस इन्डियन सेनामाथिको प्रत्याक्रमण भयो । भयानक जनधनको नोक्सानीसहित भागेको ब्रिटिस फौजले नेपालमाथि अर्को पचास वर्ष आँखा लगाउनै सकेन । त्यही युद्धमा यो सेनाले करिब पाँच सय बन्दुक हात पार्न सफल भएपछि सशस्त्रीकरणले व्यापकता पाएको देखिन्छ । यदि बंगाली सेना र अंग्रेजी सेनालाई त्यसबेला नेपाली सेनाले मानसिकरूपमै ध्वस्त नबनाएको भए नेपालको इतिहास र वर्तमान नक्सा यस्तो हुने थिएन । भारतको एक मुस्लिम या क्रिश्चियन प्रदेश हुने थियो । तर कुनै इतिहासकारले सेनालाई यसको जस दिएका छैनन्।

विसं १८२५ असोज १३ मा टुँडिखेलबाट पृथ्वीनारायणको नेतृत्वमा र नरदेवी तथा भीमसेनथानबाट पसेको सेनाले एक गोली पनि नपड्काई जनताको साथ लिन सक्नुमा सेनानायक पृथ्वीको कूटनीतिक क्षमता र सेनाको जनमुखी सहभागिताको मूल्यांकनमा पनि इतिहास चुकेको छ।

त्यसपछि विजयपुरे चौदण्डी राज्यका सेना राजालाई जितेर १८३१ मा सेनाले पूर्व इलामसम्म राज्य विस्तार ग¥यो । त्यसको करिब पाँच महिनापछि सेना नायकका रूपमा सिपाहीसँग मिलेर लडाइँ लड्ने आधुनिक सेनाका प्रवर्तक राजा पृथ्वीनारायणको देहावसान भयो । नेपाली सेनाले उनलाई राजाका रूपमा भन्दा आफ्नो संगठनका प्रवर्तकका रूपमा सदैव उच्च स्थान दिइरहनेछ। 

अर्को २४ वर्षमा अर्थात् स्थायी सेनाका रूपमा पहिलो पल्टन खडा भएको ५३ वर्षमा नेपाली सेनाले विशाल साम्राज्य स्थापना पूर्वमा टिस्टा र पश्चिममा सतलज पु¥याइसकेको थियो । नेपाली सेनाको वीरता र राज्य विस्तारविरुद्ध त्यसै बेला ब्रिटिस इन्डियाले विसं १८७१ मा सुरु गरेको युद्ध १८ महिनापछि १८७२ को सुगौली सन्धिमा टुँगिदा यो सेनाले ७६ वर्षसम्म एकीकरणको बलिदान गरेर आर्जेको भूमि देशले गुमायो । परन्तु त्यसको ४५ वर्षपछि यही नेपाली सेनाले भारतको सिपाही म्युटिनी दमन गर्न गरेको योगदानस्वरूप गुमाइसकिएको नयाँ मुलुकलाई आफ्नो बनाउन सफल भयो । आम जनताका दैलोको प्रतिनिधित्व गर्ने सैनिकहरूको बलिदानको अवमूल्यन गरी जंगबहादुर कुँवरलाई राष्ट्रवादी उपाधि दिँदै नयाँ मुलुक ल्यायो भन्ने इतिहासकारहरूले स्वयं आफ्नै र सैनिक जवानहरूको अपमान गरेको ठान्छु म । बरू भारतबाट पलायन हुनबाट ब्रिटिसलाई जोगाउने यो सेनाप्रति कृतज्ञतास्वरूप कुमाउ गढवाल पनि लिन सकिने भए पनि भारतका रेल लिकका लागि काठ बेच्नकै लागि जंगबहादुरले नयाँ मुलुक मात्र लिइएको तथ्यको छानबिन खै ? मध्यप्रदेशमा तालिम गर्दा त्यहाँ मलाई भन्थे, हाम्रो प्रदेशको रेल तिम्रै पश्चिम नेपालको देन हो। 

सुगौली सन्धिपछि एकीकरण बन्द भए पनि भोट र चीनका कारण देशको नक्सा बदलिने अवस्था आउँदा जनरल वाङलाई बेत्रावतीबाटै फर्काउने यही सेना हो । दुवै विश्वयुद्धमा यही सेनाका हजारौँ सैनिकले बलिदान गरे।

आज अन्तर्राष्ट्रिय जगत्मा र संयुक्त राष्ट्रसंघमा नेपालको जुन स्थान र परिचय छ त्यो यही सेनाको विश्व शान्ति स्थापनामा भएको योगदानको प्रतिफल हो । करिब सवा लाख सैनिकले शान्ति स्थापनामा विश्व नापिसकेका छन् । देशमा समय समयमा अनेक र भयानक राजनीतिक विपद्, क्रान्ति तथा परिवर्तन हुँदा पनि देश टिकिरहनु, परिवर्तन जीवित रहनु तथा अखण्डता कायम रहनुमा सेनाको वैध सरकारलाई मात्र चिन्ने गुणकै कारण हो।   

अरूले नसक्ने निर्माणमा सरकार सेनालाई बढाउँछ, तर मिडिया विरोध गर्छ । सेनाले बाटो खनेर सिपाहीलाई मजदुरमा परिणत गर्दा सशस्त्र युद्धकालमा आफ्नो व्यवसायिकतामा परेको असर प्रस्ट भोगे पनि सेना सरकारको आदेश मान्न बाध्य छ । अहिलेसम्म १८ विकट स्थानमा करिब १३ सय  किमि बाटो निर्माण भइसकेको छ । बाटो पाएर जुनी फेरिएकाको आशिषसामु गालीको पीडा केही घटाएर सहजरूपमा ग्रहण गर्न बाध्य छ सेना।

देशको वातावरण, वनजंगल तथा वन्यजन्तु विनाश भइसक्थे यदि सेनाले चितवनबाट वन्यजन्तु संरक्षण सुरु गरेर हाल १४ स्थानका करिब १९ हजार किमि क्षेत्र संरक्षण नगरेको भए । कसरी चल्थ्यो होला पर्यटन ? के हुन्थ्यो होला हालत पर्यटनमुखी व्यवसायको ? के हुन्थ्यो होला यति पनि वन्यजन्तु र प्राकृतिक सम्पत्ति सेनाले सुरक्षित नगरिदिएको भए ? सन् १९७८ पछि उपत्यकाको पानी स्रोत नाश हुने घोषणा एक अमेरिकी विज्ञले न्युजविकमा गरेपछि नेपाली सेनाले संरक्षण दिएर शिवपुरी जलाधारको वन र भूमि क्षय नरोकेको भए माओवादी संघर्षका कारण बढेको उपत्यकाको आजको असहनीय जनचापले इनार या डिप बोरिङको पानी मात्र नपाउने होइन, वातावरण नै अल्पवृष्टि र अतिवृष्टिको असन्तुलनले मानिस बस्न योग्य हुन्थ्यो वा हुन्थेन ?

मकवानपुर अप्रेसनपछि आधुनिक सेनाको पहिलो स्थायी पल्टन स्थापनापछि आजका दिनसम्म करिब २५५ वर्ष बिताइसकेको छ । यस अवधिमा अडिग यही एक संस्था मात्र कायम रही जनताका साथ रहन सफल सेना, यही जनसेवा र देश सेवामा गर्व गर्छ । र आपूmलाई जनताको सेना भन्न रुचाउँछ।
    





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

अब्बल अभिनेत्री दीपिका, निर्देशकले दिए पुरस्कार

अब्बल अभिनेत्री दीपिका, निर्देशकले दिए पुरस्कार

दीपिका पादुकोणले पाँच सय रुपैयाँ पुरस्कार पाएकी छन्। उनीद्वारा अभिनित चलचित्र ‘पद्मावत’ ले राम्रो सफलता पाएको छ। उक्त सफलताबाट खुशी...

१०७ भत्किए, तीन मात्रै बने

काठमाडौं महानगरपालिका क्षेत्रमा भूकम्पले भत्किएका १०७ सम्पदामध्ये तीन मात्रै पुनर्निर्माण सम्पन्न भएका छन् । भूकम्प गएको तीन वर्ष बित्न लाग्दा...

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

स्वेता खड्काको निर्माणमा बनेको फिल्म ‘कान्छी’ प्रदर्शन भइरहँदा शुक्रबारबाट हलमा दुई नेपाली फिल्म ‘पञ्चेबाजा’ र ‘साढे ७’ थपिएका छन् ।...

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविन रिमाल ‘प्रशान्त’द्वारा लिखित ‘फूलबारी’ बालकविता संग्रहको लोकार्पण गरिएको छ । नुवाकोट साहित्य प्रतिष्ठानले १२ वर्षे रिमाल अध्ययन गर्दै आएको...