coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

महाशिवरात्रीमा १२ लाख भक्तजन आउने

काठमाडौं – यस वर्षको शिवरात्रीमा देशविदेशबाट १० देखि १२ लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ।

शिवरात्रीको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पशुपति  विकास कोषका सदस्य–सचिव डा. प्रदीप ढकालले यस वर्ष पशुपति क्षेत्रमा मेला भर्न १० देखि १२ लाख भक्तजन आउने बताएका हुन् । उनले शिवरात्रीमा स्वदेशी भक्तजनका साथै भारत, मलेसिया, श्रीलंका, इन्डोनेसिया, बेलायत, अमेरिकालगायतका देशका हिन्दु भक्तजन आउने जनाए । सदस्य सचिव ढकालले भने, ‘कोषले १२ लाख भक्तजनको व्यवस्थापन र समग्र मेला व्यस्थापनका लागि यस वर्ष ५२ लाख बजेट व्यवस्थापन गरेको छ । सुरक्षार्थ ७ हजार सुरक्षाकर्मी खटिएका छन् ।’

एक हजारको टिकट खारेज
मेलामा सबैलाई समान दर्शनको व्यवस्था गर्न यस वर्षदेखि शःशुल्क टिकटको व्यवस्था खारेज गरिएको सदस्य–सचिव ढकालले बताए । विगतमा व्यवस्था गरिएको सःशुल्क टिकटको व्यवस्था यस वर्ष खारेज गरिएको हो । ‘यस वर्षदेखि कोषले विशेष पासको व्यवस्था पनि हटाएको छ,’ उनले भने, ‘पुजारी, कर्मचारी र सेवकबाहेक कसैलाई मन्दिर पासको व्यवस्था छैन । सबैले लाइन बसेर दर्शन गर्दा छिटो र व्यवस्थित हुने कोषको विश्वास छ।’

दर्शनसम्बन्धी व्यवस्था
भक्तजनलाई छिटो र सहज तरिकाले दर्शन गराउने उद्देश्यसहित कोषले वृद्ध र अपांगलाई लाइन बस्नु नपर्ने व्यवस्था गरेको छ । उनीहरूका लागि स्वयंसेवकको व्यवस्था छ । सर्वसाधारणका लागि भने विभिन्न ठाउँबाट लाइनको व्यवस्था गरिएको छ । बत्तिसपुतली, गौशालातर्फबाट आउने दर्शनार्थीका लागि गौशाला–पिंगालास्थान–सुमार्गी भवनअगाडि चार शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट मन्दिर प्रांगण प्रवेशको व्यवस्था गरिएको छ ।

कोटेश्वर, एयरपोर्टतर्फबाट आउने दर्शनार्थीका लागि तिलगंगा–पिंगलास्थान–सुमार्गी भवनअगाडि पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ।

गुह्येश्वरीतर्फबाट आउने दर्शनार्थीका लागि गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–बासुकीनाग हँुदै उत्तरढोकाबाट मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ । नित्य दर्शनार्थीका लागि भने बिहान साढे ६ बजेभित्र दर्शनको व्यवस्था मिलाइएको छ।

ट्राफिक व्यवस्था
तिलगंगा : पासवाला सवारी साधन, तीर्थयात्री, दर्शनार्थी र पर्यटक वाहन ।
देवउद्यान, कोषको कार्यालय, भण्डारखाल : पर्व व्यवस्थापनसँग सम्बन्धित कर्मचारीको वाहन ।
महानगरीय प्रहरी वृत्त, गौशाला : पासवाला सुरक्षा निकाय र सरकारी वाहन ।
सिफल : तीर्थयात्री–दर्शनार्थीका सवारीसाधन र स्थानीय दर्शनार्थीहरू र गुह्येश्वरी पारी गोठाटार, जोरपाटी, मूलपानी, गोकर्णलगायतका दर्शनार्थीको सवारी पार्किङ।

प्रकाशित: १ फाल्गुन २०७४ ०४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App