६ वैशाख २०८१ बिहीबार
राजनीति

मुख्यमन्त्रीको सपथ बुधबार

प्रदेश ४ को मुख्यमन्त्री नियुक्त भएपछि प्रदेश प्रमुखको कार्यालयबाट बाहिरिँदै पृथ्वीसुब्बा गुरुङ । तस्बिरः उमेश पुन/नागरिक

कास्की– प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुन २ गते शपथग्रहण गर्ने भएका छन् । उनलाई सोमबार प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका हुन्।आइतबार गुरुङलाई एमालेले प्रदेशको संसदीय दलको नेता चयन गर्दै मुख्यमन्त्रीको लागि प्रस्ताव गरेको थियो। गुरुङले सोमबार बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीमा नियुक्त गर्न निवेदन पेस गरेका थिए । 

गुरुङले निवेदनमा एमालेको आइतबारको बैठकको निर्णय, एमाले र माओवादी केन्द्रको प्रदेश ४ को संसदीय दलको पत्र र नागरिकताको प्रमाणपत्रसहित निवेदन दिएका थिए । प्रदेशभित्र एमालेका २७ र माओवादी केन्द्रका १२ जना गरी ३९ जना सदस्यको हस्ताक्षरसहित गुरुङ प्रदेश प्रमुखलाई भेट्न पुगेका थिए ।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै पृथ्वीसुब्बा गुरुङले शपथग्रहणपश्चात् मन्त्रिपरिषद् विस्तार गर्ने जनाए ।यो प्रदेशमा सात वटा मन्त्रालय रहनेछन् । तत्काल रहने सबै मन्त्रालयहरू स्थापना भइसकेका छन् ।

उक्त निवेदनपत्रमा २७ जना एमालेका र १२ जना माओवादी केन्द्रका प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । निवेदन बुझाउन एमाले नेता किरण गुरुङ, माओवादी नेता देव गुरुङसहित दर्जनौं सदस्य सँगै गएका थिए ।गुरुङको निवेदनपश्चात् प्रदेश प्रमुख कुँवरले नियुक्ति दिएका हुन् ।

प्रदेश प्रमुख बाबुराम कुँवरले गुरुङलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरिएको जानकारी दिए । नेपालको संविधानमा संघीय व्यवस्था हुने प्रावधान भएबमोजिम प्रदेशसभाको निर्वाचन सकिएको र नयाँ प्रदेश सरकार गठनको प्रक्रिया सुरु भएको प्रदेश प्रमुखको कार्यालयका सचिव देवी ज्ञवाली हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘नेकपा माओवादी केन्द्रको समर्थनमा बहुमत प्राप्त गर्नुभएका नेकपा एमालेका प्रदेससभाका सदस्य पृथ्वीसुब्बा गुरुङलाई यस प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गरिएको छ ।’
मुख्यमन्त्री नियुक्ति भएसँगै प्रदेश प्रमुख कुँवरले प्रदेश सरकार गठनको प्रक्रिया सुरु भएको जानकारी दिए । साथै, मुख्यमन्त्रीलाई फागुन २ गते शपथग्रहण गराइने उनले जानकारी दिए ।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै पृथ्वीसुब्बा गुरुङले शपथग्रहणपश्चात् मन्त्रिपरिषद् विस्तार गर्ने जनाए ।यो प्रदेशमा सात वटा मन्त्रालय रहनेछन् । तत्काल रहने सबै मन्त्रालयहरूस्थापना भइसकेका छन् ।

 

प्रकाशित: १ फाल्गुन २०७४ ०९:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App