६ वैशाख २०८१ बिहीबार
समाज

फरार अभियुक्त पक्राउ गर्न प्रहरी सक्रिय

नुवाकोट- फरार अभियुक्त र अदालतबाट दोषी ठहर भएकालाई पक्राउ गर्न जिल्लामा प्रहरी सक्रिय भएको छ।

पक्राउ अभियान नै चलाएर अघि बढिरहेको प्रहरी कार्यालयले पछिल्लो एक महिनामा एक सय दुई जनालाई पक्राउ गरिसकेको छ । पुस २८ गतेदेखि सादा पोषाक र बर्दीमा खटिएका प्रहरीले माघ २८ गते सम्ममा पक्राउ परेकाहरुलाई फैसला कार्यान्वयनको लागी न्यायीक निकाय नुवाकोट प्रशासन र जिल्ला अदालतमा नुवाकोटमा बुझाएको छ। पक्राउ परेकाबाट ३० वर्ष, दश महिना २८ दिन कैद भुक्तानी गराउन सफल भएको र चार लाख ३२ हजार रुपैयाँ जरिवाना असुल भएको प्रहरी प्रमुख बसन्तबहादुर कुंवरले बताए।

जिल्ला अदालतको अनुसार मुद्दा फैसलाको क्रममा दोषी ठहर भएका तथा प्रतिवादी रहेर कैद, जरिवाना एंव क्षतिपूर्ति तोकेर फरार रहेकाको सङ्ख्या १२ सयको हाराहारीमा रहेको छ। गत वर्ष नुवाकोट प्रहरीले १ सय ८३ जना फरार अभियुक्त पक्राउ गर्न  सफल भएको थियो।

 

 

प्रकाशित: १ फाल्गुन २०७४ १२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App