१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

राणामाथि खुकुरी प्रहार

काठमाडौं- चलचित्र निर्माता रोज राणा भनिने सरोज थापालाई सोमबार अज्ञात समूहले खुकुरी प्रहार गरी घाइते बनाएको छ। उनको ग्रान्डी अस्पताल सामाखुसीमा उपचार भइरहेको छ। राणाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन्। काठमाडौंको रत्नराज्य स्कुलअगाडि रहेको मध्यबानेश्वर क्याफेमा प्युठान कांग्रेसका कार्यकर्तासँग रहेका राणामाथि दुईवटा मोटरसाइकलमा आएका चार युवाले खकुरी प्रहार गरेका थिए।

आक्रमणमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाका अनुसार शंकास्पद एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। आपसी विवादमा राणामाथि आक्रमण भएको  प्रहरी अनुमान छ। प्रहरीले चलचित्रका कोरियोग्राफर नरेन्द्र पनेरूलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको हो।

भर्खरै प्रदर्शनमा आएको चलचित्र 'परशुराम' का निर्माता रहेका राणामाथि त्यसैसम्बन्धी विवादमा खकुरी प्रहार भएको हुन सक्ने आशंका प्रहरीले गरेको हो। 'परशुराम' चलचित्रको निर्माणसम्बन्धी विवाद अदालतसम्म पुगेको थियो।

विगतमा आपराधिक पृष्ठभूमिमा मुछिएका राणा नेपाली कांग्रेससँग नजिक छन्। उनी प्युठान कांग्रेसका क्षेत्रीय सभापति हुन्।

 

प्रकाशित: ३२ श्रावण २०७३ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App