coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री पौडेलद्वारा नारायणगढ–मुग्लीन सडकखण्ड निरीक्षण

मकवानपुर- प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी काठमाडौं जोड्ने लाईफलाईनको रुपमा रहेको नारायणगढ–मुग्लीन सडक खण्डको निरीक्षण गरेका छन्। लामो समयदेखि सडक बिस्तारको निर्माण भईरहेपनि अझै नसकिएपछी सडकको निरीक्षण गरेर छिटो काम सक्न उनले मंगलबार सडक आयोजनाका प्रमुख तथा प्राबिधिकहरुलाई निर्देशन दिए।

दिनहुँ हजारौ नागरिकले यात्रा गर्ने र सामान ढुवानी गर्ने सडकको काम छिटो सक्न निर्देशन दिदै उनले जनताको समस्या बुझेर काम गर्न आयोजनाका निमित्त प्रमुख गोबिन्द खनाललाई निर्देशन दिए। २ बर्षको सडक निर्माणको अवधी तोकेर काम शुरु गरेपनि बैशाखमा नै सक्नुपर्ने काम नसकेकोमा मुख्यमन्त्री पौडेलले असन्तुष्टी पोखेका थिए। आयोजनाको काम ७५ प्रतिशत मात्र सकिएको जानकारी पाएपछि उनले बाँकी काम चाडैं सक्न सहयोगका लागि आफु तयार रहेको बताए।

यात्रुहरु जाममा बसेर मात्र यात्रा गर्नुपर्ने अवस्थामा रहेको यस सडकखण्डमा दिउँसो निर्माणको काम बन्द हुने लगायतका समस्या रहेको आयोजनाले जानकारी दिएको थियो। त्यसअघि मुख्यमन्त्री डोरमणी पौडेलले दासढुङ्गामा रहेको मदन भण्डारी र जिवराज आश्रितको शालिकमा माल्यार्पण गरेका थिए।

जस लिने र छिटो काम गर्ने भन्दापनि ब्यवस्थित र योजनाबद्ध काम गर्ने सिद्धान्त भएको बताउने मुख्यमन्त्री पौडेलले हेटौंडा नगरपालिकाको २ पटक मेयर हुँदा नमुना काम गरेर चर्चामा आएजस्तै द्रुतगतिमा काम गर्ने बताएका छन्। विदेशीहरुले आफुलाई ‘म्यान अफ दी एक्सन’ भन्ने गरेको बताएका उनले त्यसलाई पुष्टी गर्न खोजेको देखिन्छ।

सोमबार पदभार ग्रहण गर्दै प्रदेश ३ लाई देशकै पहिलो, उत्कृष्ट र नमुना बनाउने उदघोष गरेका उनले मंगलबारै महत्वपूर्ण सडक खण्डको निरिक्षण गरि निर्देशन दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। धेरै र ठूला कुरा गर्ने तर काम नगर्ने प्रबृती आफुमा नभएको तर्क गर्ने उनले जे भन्छौं, त्यो गर्छौ भनेपनि ब्यवहारमा कत्तिको उतार्छन् भनेर धेरैको चासो रहेको छ।

प्रकाशित: १ फाल्गुन २०७४ १३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App