४ वैशाख २०८१ मंगलबार
अर्थ

केएल मोबाइल हबमा एउटा किन्दा अर्को सित्तै

काठमाडौं – केएल मोबाइल हबले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफर सहित मोबाइल मेला सुरु गरेको छ । भ्यालेन्टाइन डेको अवसर पारेर एउटा मोबाइलको खरिदमा जोडीलाई नै मोबाइल दिने उद्देश्यले अफर ल्याइएको हबले जनाएको छ । मेलाको सुरुवात गर्दै मोबाइल हबले दसैं, तिहारमा सञ्चालन भएको उपहार कार्यक्रमका विजेता चयन गोलाप्रथाबाट गरेको छ।

चाबहिल चुच्चेपाटीस्थित केएल टावरको भुइँ तल्लामा रहेको मोबाइल हबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफर सहित अफर भित्र पनि अफर नामको मोबाइल मेला आयोजना गरेको हो । फेब्रुअरी १३ देखि १५ दिनसम्म चल्ने मोबाइल मेलामा मोबाइल खरिद गर्नेले एउटा किन्दा सित्तैंमा अर्को एउटा मोबाइल पाउने छन् । यसका साथै हात खाली नजाने उपहार पनि ग्राहकलाई दिइने बताइएको छ।

मेलामा मोबाइल खरिद गर्दा मोबाइल हबले अनिवार्य रुपमा एफक्युब सिनेमाको टिकट, क्लब डेजाभुमा चार हजार रुपैयाँ बराबरको दुईजनालाई प्रवेश कुपन प्रदान गर्ने जनाएको छ।

यसैबीच, मोबाइल हबले दसैं, तिहारमा सञ्चालन गरेको अफरभित्र पनि अफर अन्तर्गतको पहिलो उपहार यामाहाको आर वान फाइभ मोटरसाइकल बूढानीलकण्ठका नविन श्रेष्ठले पाएका छन् । कालिमाटीका सफल न्यौपानेले आइफोन ८ पाएका छन्।

हात्तीवनका सुरज महर्जनले मलेसिया र सिंगापुर भ्रमणको प्याकेज जितेका छन् । बौद्धका शिक्षा लामाले भिभोको वाई ५३ मोबाइल जितेकी छन् । त्यसैगरी, यांगी शेर्पाले जेडटिईको एस ६ मोबाइल जितेकी छन् । बल्खुका परमेश्वर उप्रेतीले लेनेभोको ए १००० मोडलको मोबाइल जितेको कम्पनीले जनाएको छ।

प्रकाशित: २ फाल्गुन २०७४ ०१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App